२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु

२०८१, १८ भाद्र मंगलवार ०९:१४

भदौ १८, रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजनको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ ।

बौधिमाई ४ स्थित इनरवारीस्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावमा एकजना नवजात शिशुको मंगलवार बिहान मृत्यु भएको हो । बौधीमाई नगरपालिका ४ का  गौरीशंकर पटेलका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरीको जन्म भएको थियो । 

जन्मिएको केही समयपछि शिशुको मुटुको चाल मन्द हुँदा थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा राखेर वीरगन्ज रिफर गरिएको थियो ।  वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको मृत्यु भएको पीडित पटेलले बताएका छन् । 

थप उपचारको लागि बिहान ५ बजे नवजात शिशुलाई वीरगन्जस्थित तराई अस्पतालमा लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले पनी अक्सिजन अभावमा शिशुको मृत्यु भएको स्वीकार गरेका छन् । 

नर्मल जन्मिएको बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरू आत्तिएर  शिशुलाई थप उपचारका लागि वीरगन्ज पठाएको थियो । तर  एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा अक्सिजन नहुँदा बच्चाको मृत्यु भएको थियो ।

बौधीमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले  एम्बुलेन्सको अक्सिजन नहुँदा शिशुको मृत्युको दुःखद घटना भएको  बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य