२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद खतिवडाको आपत्ति, संसदमा जवाफ दिन माग

२०८१, १८ भाद्र मंगलवार ०९:१८

भदौ १८, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।


मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले मन्त्रीहरुले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताउदै सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिबारे संसद्लाई जवाफ दिन माग गरे ।

उनले भने- ‘सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई म अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ ब्रेक लगाउनुपर्ने हो ? लाग्दैगर्ला तर मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसद्मा दिइयोस् ।'

गत शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विवादमा परेपछि मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य