५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समस्या देखिएपछि हङकङमा क्याथेका जहाज ग्राउन्डेड, ४८ उडान रद्द

१८ भाद्र २०८१, मंगलवार १०:३१

भदौ १८, काठमाडौँ | एउटा विमानको इन्जिन कम्पोनन्ट फेल भएको पत्ता लागेपछि हङकङको क्याथे प्यासिफिकले आफ्ना सबै एयरबस ए३५० जेटको निरीक्षण थालेको छ।

जसका कारण बुधबारका लागि निर्धारित २० सहित ४८ उडान रद्द भएका छन्।

भोलिका लागि रद्द गरिएका यी उडान सबै क्षेत्रीय भएको र लामो दूरीका उडानमा प्रभाव नपर्ने समेत कम्पनीले जानकारी गराएको छ।

सोमबार बिहान जुरिच बाउन्ड सीएक्स३८३ हङकङ फर्केपछि इन्जिन कम्पोनेन्ट विफलता पहिचान भएको थियो।


यसपछि सबै जहाजको जाँच गरिएको हो। यसै क्रममा कम्पोनेन्ट प्रतिस्थापन आवश्यक पर्ने १५ जहाज भेटिएका र यीमध्ये ३ वटाको सफलतापूर्वक मर्मत कार्य सकिएको कम्पनीले जनाएको छ।

जहाजहरू ग्राउन्ड भएपछि बिहीबारदेखि शनिबारसम्मका उडानका बारेमा थप अपडेट दिइने कम्पनीले जानकारी गराएको छ।

ए३५० विमानको इन्जिन बेलायतस्थित रोल्स रोयसले निर्माण गरेको हो।

‘संसारभरि कुनै पनि ए३५० विमानमा यस प्रकारको कम्पोनेन्ट असफलता सामना गर्ने यो पहिलो घटना हो,’ एयरलाइन्सले भनेको छ, ‘यो मुद्दालाई हामीले विमान र इन्जिन निर्माता तथा हाम्रा नियामकहरूसमक्ष पुर्‍याइसकेका छौँ।’

एउटामा समस्या देखिएपछि आफ्ना ए३५० का ४८ वटै विमानको फ्लिट-वाइड निरीक्षण प्रक्रिया पनि सुरु भइसकेको क्याथेले बताएको छ। (एससीएमपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने