२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

२२ भाद्र २०८१, शनिबार ०७:४५

भदौ २२, बाँके | बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

दुर्घटनामा परी कोहलपुर नगरपालिका- १० डाइनामिक स्कुल नजिकै बस्ने ३८ वर्षीय मोटरसाइकल चालक भुपेन्द्र सुनारको मृत्यु भएको हो ।

आज बिहान कोहलपुर नगरपालिका-११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा चालक सुनारसँगै सवार सुर्खेतको लेकबेँसी नगरपालिका-३ राताटारका लालबहादुर सुनार घाइते छन् ।

घाइते लालबहादुर सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याउँदा चालक सुनारलाई चिकित्सकले मृत घोषणा गरेका कोहलपुर प्रहरीले बताए । घाइते लालबहादुरको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो