Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाहुबली–२ र पठानलाई उछिनेर स्त्री–२ ले बनायो नयाँ रेकर्ड

२०८१, २४ भाद्र सोमबार ०८:०३

भदौ २४, काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री –२ः सरकते का आतङ्क’को बक्स अफिसमा जगजगी सकिएको छैन । १५ अगस्टमा रिलिज हुँदा नै फिल्मको ओपनिङ धमाकेदार थियो । फिल्मले दर्शकहरूबाट अझै पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । रिलिज भएको झन्डै एक महिना हुन लाग्दा पनि बक्स अफिसमा ‘स्त्री–२’ को पकड कायमै छ ।


अमर कौशिक निर्देशनमा बनेको यस फिल्मले आइतबार बक्स अफिसमा ‘बाहुबली–२’को हिन्दी भाषामा कमाइको कीर्तिमान तोडेको थियो । सोमबार फिल्मले नयाँ रेकर्ड बनाएको छ । ‘स्त्री–२’ले शाहरुख खानको ‘पठान’लाई पनि उछिनेको छ ।

स्याकनिल्कको रिपोर्ट अनुसार, ‘स्त्री २’ले देशभरबाट ५१६ करोड २५ लाख भारु कमाई गरेको छ । आइतबार अर्को १० करोड कलेक्सन गरेसँगै फिल्मको कुल कलेक्सन ५२७ करोड भारु पुगेको छ । यो कलेक्सन शाहरुख खान र दीपिका पादुकोणको पठानको भन्दा बढी हो । पठानले ५२४ करोड ५३ लाख भारु कमाएको थियो ।

बक्स अफिसमा ‘स्त्री–२’ लाई प्रतिस्पर्धा दिन सक्ने फिल्म आएका छैनन् । अक्षय कुमारको ‘खेल खेल में’ ‘स्त्री२’ सँगै रिलिज भएको थियो । अक्षय कुमार, तापसी पन्नु, वाणी कपुरलगायत धेरै कलाकारहरूको अभिनय रहेको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । जोन अब्राहम र शर्वरी बाघको फिल्म ‘वेद’ पनि बक्स अफिसमा असफल भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान