2026-09-22 09:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाले भन्यो- उपसभामुख गलत व्यक्ति होइनन्, सत्ता गठबन्धनको इमान्दारितामै प्रश्न छ

भदौ २६, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्ने सत्ता गठबन्धनमाथि नै प्रश्न उठाएको छ । सिंहदरबारमा बसेको सचिवालय बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघिको कुरा अहिले ल्याएको भन्दै असन्तुष्टि जनाए ।

उनले भने- १८ महिना अघि उहाँले एउटा पत्रमा हस्ताक्षर गरेको देखियो। त्यो सम्बन्धित ठाउँमा पुगेको छैन । त्यो भिजाको लागि पनि होइन अन्तर्वार्ताको समय चाँडो गराइदिन मात्रै थियो । उहाँले १८ महिना अघि नै पत्र लेख्नु गलत थियो हामीले मान्यौँ, त्यो अहिले गलत थियो भने १८ महिना अघि पनि गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यो कुरा। त्यसैले उहाँको दाउपेचमा हुनुहुन्छ । १८ महिनाअघि नै गलत थियो भने अहिले कि चर्चा गर्दै हुनुहुन्छ ।

उनले उपसभामुखले छानबिन र स्पष्टीकरण दिने मौका पाउनुपर्ने बताए। संवैधानिक परिषद्मा आफू अनुकुल बनाउन सत्ता गठबन्धनले यो तयारी गरेको बताए।

उनले थपे- अहिले चर्चा हो, कुनै औपचारिक कदम चालिएको छैन। हामी अहिले छलफल गरिरहेका छौँ । आगामी निष्कर्ष सुनाइहाल्नुपर्ने अवस्था आएको छैन । आज उहाँको सदनको प्रस्तुति अनुसार हामी आगामी धारणा बनाउँछौं ।

उनले उपसभामुख राना गलत व्यक्ति नभएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो