2026-09-22 09:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरामा श्रीमानको खुकुरी प्रहारले श्रीमतीको मृत्यु

भदौ २६, पोखरा । पोखरामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-८ कुवंरटोलमा डेरा गरेर बस्ने ४० वर्षीय राधिका कुवँरको श्रीमान जहरसिंह कुवँरले खुकुरी प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ।

कार्यालयका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार जहरसिंहले सामान्य विवाद हुँंदा राधिकाकाे घाँटी र पेटमा खुकुरीले प्रहार गरेका थिए।

घाइते अवस्थामा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जहरसिंहलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनिहरुको १ छोरा छन् ।

उनीहरकाे स्थायी घर अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा हाे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो