२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेप्से निरन्तर ओरालो, कारोबार रकम ६ अर्बमा सीमित

२०८१, २६ भाद्र बुधबार ०९:५२

भदौ २६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) आज पनि दोहोरो अङ्कले घटेको छ ।

बुधबार नेप्से परिसूचक २२.७३ अङ्कले घटेर २६१०.२१ विन्दुमा अडिएको हो ।

साताको पहिलो कारोबारदेखि नै दोहोरो अङ्कले घटेको शेयर बजारमा आज पनि दोहोरो अङ्कले घटेर बन्द भएको हो ।

यस दिन बजारमा १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै नेप्से परिसूचक १३.०९ अङ्कले घटेर २६३२.९४ को विन्दुमा अडिएको थियो । जहाँ १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबारका भएको थियो । 

बुधबार दोहोरो अङ्कले घटेको बजारमा बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसका लगानीकर्ताले आज सर्वाधिक नाफा कमाएका छन् ।​

एसियन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।​

यस साता यस्तो भयो कारोबार

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २५.४६ अङ्कले घटेर २७०१.९० को विन्दुमा अडिएको थियो । यस दिन बजारमा २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयरको खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो । 

त्यस्तै, साताको दोस्रो दिन सोमबार मात्रै नेप्से परिसूचक ५८.८६ अङ्कले घटेर २६४६.०३ को विन्दुमा अडिएको थियो । जहाँ २ करोड ९ लाख १७ हजार ९८२ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको कारोबारको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक १३.०९ अङ्कले घटेर २६३२.९४ को विन्दुमा अडिएको थियो ।

जहाँ १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबारका भएको थियो । 

साताको चौथो दिन बुधबार नेप्से २२.७३ अङ्कले घटेर २६१०.२१ विन्दुमा अडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा