४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेप्से निरन्तर ओरालो, कारोबार रकम ६ अर्बमा सीमित

२६ भाद्र २०८१, बुधबार ०९:५२

भदौ २६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) आज पनि दोहोरो अङ्कले घटेको छ ।

बुधबार नेप्से परिसूचक २२.७३ अङ्कले घटेर २६१०.२१ विन्दुमा अडिएको हो ।

साताको पहिलो कारोबारदेखि नै दोहोरो अङ्कले घटेको शेयर बजारमा आज पनि दोहोरो अङ्कले घटेर बन्द भएको हो ।

यस दिन बजारमा १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै नेप्से परिसूचक १३.०९ अङ्कले घटेर २६३२.९४ को विन्दुमा अडिएको थियो । जहाँ १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबारका भएको थियो । 

बुधबार दोहोरो अङ्कले घटेको बजारमा बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसका लगानीकर्ताले आज सर्वाधिक नाफा कमाएका छन् ।​

एसियन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।​

यस साता यस्तो भयो कारोबार

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २५.४६ अङ्कले घटेर २७०१.९० को विन्दुमा अडिएको थियो । यस दिन बजारमा २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयरको खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो । 

त्यस्तै, साताको दोस्रो दिन सोमबार मात्रै नेप्से परिसूचक ५८.८६ अङ्कले घटेर २६४६.०३ को विन्दुमा अडिएको थियो । जहाँ २ करोड ९ लाख १७ हजार ९८२ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको कारोबारको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक १३.०९ अङ्कले घटेर २६३२.९४ को विन्दुमा अडिएको थियो ।

जहाँ १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबारका भएको थियो । 

साताको चौथो दिन बुधबार नेप्से २२.७३ अङ्कले घटेर २६१०.२१ विन्दुमा अडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ