४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको ओलीको आरोप

२६ भाद्र २०८१, बुधबार ०९:५९

भदौ २६, काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले बताएको पुष्पलाल प्रतिष्ठान नीजी सम्पत्तिजस्तो गरेको टिप्पणी गरेका हुन् ।


पार्टी विभाजनपछि उक्त प्रतिष्ठान एमालेलाई छोड्नुपर्नेमा अहिलेसम्म नछोडेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले पुष्पलाल नभएर माधव नेपाल फुटेको टिप्पणी गर्दै प्रतिष्ठान एमालेले नै पाउनुपर्ने धारणा राखे ।

‘नेताका नाममा प्रतिष्ठान हुने, त्यो प्रतिष्ठान देशका लागि नहुने, पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । खेलोफड्को गर्दै माधव नेपालजस्ता मान्छेहरु अध्यक्ष भए । पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी सम्पत्तिजस्तो । पुष्पलालजी फुट्नु भएको हो र ? पार्टीबाट माधव नेपाल पो फुटेको त । पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ?’ उनले प्रश्न गरे ।

साथै, स्वर्गीय सुवास नेम्वाङको नाममा पनि प्रतिष्ठान बनाउने उनले उद्घोष गरे । उनले सुवास नेम्वाङको स्मृतिलाई ताजा राख्न र उनका आदर्शहरुलाई पछ्याउन प्रतिष्ठान आवश्यक रहेको बताए । ‘उहाँको स्मृतिलाई ताजा राख्नका लागि र उहाँको सम्झनामा, उहाँका आदर्शहरुलाई पछ्याएर कामहरु गरिरहनका लागि हामी सुवाचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु,’– उनले भने ।

साथै, नेताहरुको नामा खोलिएको प्रतिष्ठान उनीहरुको आशर्द, विचार, उनीहरुले हिडेको बाटो, आचरण, व्यबहारअनुरुप चल्नुपर्ने उनले बताए । अहिले निष्कृय रुपमा रहेका प्रतिष्ठानहरुलाई पनि सक्रिय बनाउने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी