2026-09-22 09:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विजय कृष्णमुर्तिलाई प्रहरीले नै झूटो चारित्रिक प्रमाणपत्र दिएको पुष्टि

भदौ २७, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीले प्रहरीबाट झूटो चारित्रिक प्रमाणपत्र प्राप्त गरेको पुष्टि भएको छ। ठगी मुद्दामा दोषी ठहर भएर जेल सजाय भोगिसकेका भण्डारीले उक्त प्रमाणपत्र कोटीहोम आयोजनापूर्व प्रहरीबाट ‘निस्कलङ्क’ रहेको प्रमाणित गर्न सफल भएका थिए।

ठगीमा मुद्दा परेर दोष ठहर भई जेल सजाय समेत भोगेका भण्डारीले कोटीहोम आयोजनापूर्व प्रहरीबाट ‘निस्कलङ्क’ प्रमाणपत्र लिन सफल भएका थिए । सोही प्रमाणपत्रबारे अनुसन्धानका लागि प्रहरीले उनलाई कोटी होमस्थलबाट पक्राउ गर्न खोजे पनि सफल भएको थिएन ।

प्रहरीको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीले नै त्रुटि गर्दै प्रमाणपत्र जारी गरेको खुलेको हो। यसअघि, कीर्ते गरेर प्रमाणपत्र बनाएको आशंकामा प्रहरी अनुसन्धान गरिएको थियो, तर प्रहरीबाटै प्रमाणपत्र जारी भएको पुष्टि भएपछि यो विवाद झन् गहिरिएको छ।

स्रोतका अनुसार भण्डारीले चारित्रिक प्रमाणपत्रका लागि निवेदन दिएको केही महिनापछि, काठमाडौं प्रहरी परिसरले उनीविरुद्धको मुद्दामा सफाइ पाएको भनेर प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको थियो। यही जानकारीका आधारमा भण्डारीले प्रमाणपत्र लिएका थिए।

पशुपति कोटीहोम आयोजना भइरहेका बेला भण्डारीको आपराधिक गतिविधि र प्रमाणपत्र विवादले चर्चा पाएको थियो। यसैबेला उनले चारित्रिक प्रमाणपत्र सार्वजनिक गरेका थिए, जसलाई लिएर काठमाडौं प्रहरीले थप अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान समितिले प्रहरीबाट त्रुटि भएको ठहर गर्दै परिसरका एक सहायक निरीक्षक (असई)ले गल्ती गरेको पाइएको जनाएको छ। ती असईले भण्डारीको मुद्दामा सफाइ पाएको भन्दै जवाफ पठाएका थिए, तर पछि उनले आफू झुक्किएको स्वीकार गरेका छन्।

काठमाडौं प्रहरीले उक्त असईमाथि कारबाहीको तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो