३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुस र चीनले चन्द्रमामा संयुक्त रूपमा परमाणु प्लान्ट बनाउने

२७ भाद्र २०८१, बिहीबार ११:०३

भदौ २७, काठमाडौँ । विश्वको परमाणु शक्ति सम्पन्न देशमा पर्छ, रुस । विश्वमा भएका परमाणु हतियारमध्ये ४५ प्रतिशत रुससँगै छन् । परमाणु शक्ति सम्पन्न देश रुसले अब चन्द्रमामा पनि परमाणु प्लान्ट बनाउने योजनामा काम गरिरहेको छ । यो पावर प्लान्ट रुस र चीनको साझेदारीको हिस्सा हो । 

यो योजनाअनुसार दुई देशले संयुक्त रूपमा परमाणु पावर प्लान्ट निर्माण गर्नेछन् । यसको सहयोगमा दुई देशले चन्द्रमामा ऊर्जा आवश्यकता पूरा गर्नेछन् । यो योजनामा रुस र चीनसँगै भारतले समेत सामेल हुने इच्छा देखाइरहेको छ । 


रुसको स्टेट न्युक्लियर इनर्जी कर्पोरेशन रोसटोमका प्रमुख एलेक्सी लिखाशेभको भनाइ उल्लेख गर्दै रुसी समाचार एजेन्सी तासले न्युक्लियर पावर प्लान्ट योजनाबारे जानकारी दिएको हो । रुसको भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरममा लिखाशेभले यो बहुराष्ट्रिय योजनाबारे जानकारी दिएका हुन् । उनले यो प्रोजेक्टमा चीन र भारतको रुची रहेको उल्लेख गरे । 

यसअघि मार्चमा रुसी स्पेश एजेन्सी रसकसमसका प्रमुख कार्यकारी अधिकृत युरी बोरिसोभले सन् २०३३ देखि ३५ मा रुस र चीन मिलेर चन्द्रमाको सतहमा न्युक्लियर पावर प्लान्ट बनाउने बताएका थिए ।बोरिशोभले पावरप्लान्ट चन्द्रमाको सतहसम्म लैजान रुसले न्युक्लियन पावरले चल्ने रकेट बनाउने बताएका छन् । यो अटोमेटिक कार्गो रकेट चलाउन मानिसको आवश्यकता पर्ने छैन । 

रसटोमको यो प्रोजेक्टको उद्देश्य चन्द्रमामा सानो परमाणु बिजुली संयन्त्र बनाउनु हो । यसको मद्दतले ०.५ मेगावाट बिजुली पैदा गरिनेछ । यसले चन्द्रमामा बनाइँदै गरेको बेसलाई चलाउन सहयोग पुग्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट