३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मंसिरमा विवाहको तयारी हुँदै थियाे, १२ काे नतिजा बिग्रेपछि तनावमा थिइन् टिकटकर विमला

२७ भाद्र २०८१, बिहीबार ११:१४

भदौ २७, काठमाडौँ । डडेल्धुरामा २१ वर्षीया युवती मृत भेटिएकी छन् । सामाजिक सञ्जाल टिकटकमा चर्चित रहेकी विमला देउवा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार गन्यापधुरा गाउँपालिका– ३ स्थित आफ्नै घरमा देउवा मृत फेला परेकी हुन् ।

`बुधबार साँझ झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी थिइन्',´डीएसपी कार्कीले भने, `प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको जस्तो देखिन्छ । थप अनुसन्धान गरिरहेका छौँ ।´


गन्यापधुरा गाउँपालिका– ३ का अध्यक्ष चक्र देउवाका अनुसार जिल्ला सदरमुकामको महेन्द्र माविमा अध्यनरत विमला कक्षा १२ नजिता बिग्रेपछि तनावमा थिइन् ।

`परिवारका सदस्यले दिएको जानकारीअनुसार नजिता बिग्रेपछि विमला तनावमा थिइन्,´ देउवाले भने, `एकपटक केही दिनअगाडि पनि आत्महत्याको प्रयास गरेपछि आमाले रोकेकी थिइन् भन्ने जानकारी आएको छ । तर, बुधबार आमा र भाउजू बाहिर भएको समयमा उनले आत्महत्या गरेकी छिन् ।´

पारिवारिक स्रोतका अनुसार विमलाको मंसिरमा विवाह गर्ने तयारी भइरहेको थियो । मृत फेला परेको झण्डै एक घण्टाअघि उनले सामाजिक सञ्जाल फेसबुकमा फोटोसहितको स्टोरी राखेकी छिन् । उनको टिकटकमा २ लाख २४ हजार फलोअर्स छन् । विमलाका बुबाको पनि तीन महिनाअघि २६ जेठमा मृत्यु भएको थियो । उनी प्रेसरका बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट