३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टीकटक कम्पनीले खोल्यो नेपालीलाई जागिर, कस्ता छन् योग्यता ?

२७ भाद्र २०८१, बिहीबार ११:३८

भदौ २७, काठमाडौँ । टीकटकले नेपाली नागरिकहरूका लागि पब्लिक पॉलिसी म्यानेजर (सार्वजनिक नीति व्यवस्थापक) को पदमा जागिर खुला गरेको छ। कम्पनीको आधिकारिक वेबसाइटमा सार्वजनिक भएको जानकारीअनुसार यो पद दुबईस्थित टीकटकको कार्यालयमा रहनेछ, जहाँ नेपालसम्बन्धी मामिलाहरू हेरिनेछ।

टीकटकको मुख्यालय सिंगापुर र लस एन्जलसमा रहेको छ भने दुबई, सिओल, जकार्ता, टोक्यो, बर्लिन, पेरिस, डब्लिन, लण्डन, र न्यू योर्कमा पनि कार्यालयहरू रहेका छन्। दुबईस्थित कार्यालय नेपाल हेर्ने मुकाम भएकाले, त्यहाँ नेपाल मामिला हेर्ने कर्मचारीका लागि यो अवसर खुला गरिएको हो।

टीकटकले सार्वजनिक नीतिमा काम गरेको, सरकारी निकायहरू वा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेको अनुभव भएको, तथा नेपाली र अंग्रेजी भाषामा लेखन र पठनमा दक्ष व्यक्तिलाई प्राथमिकता दिने उल्लेख गरेको छ।

तलब सुविधा भने खुलाइएको छैन, तर अनलाइन आवेदन दिन सकिने जानकारी दिँदै टीकटकले पैसा लिएर कुनै रिफरल नराख्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट