३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओलीजीले दुई वर्षपछि कांग्रेसलाई सत्ता छोड्नुहुन्छ– देउवा

२७ भाद्र २०८१, बिहीबार १२:२३

भदौ २७, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)सँगको सत्ता साझेदारीको सहमति कार्यान्वयन हुने बताएका छन् । 

बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुखहरूको सम्मान कार्यक्रममा देउवाले एमालेसँगको सहमतिअनुसार केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री भएपछि कांग्रेसलाई छोड्ने लिखित सहमति भएको बताएका हुन् । 


‘हिजो माओवादीसँग मिल्दा पनि हाम्रा सबै साथी चिन्तित भएका थिए, डराएका थिए । अप्ठ्यारो मानेका थिए । साथीहरूको भावनाअनुसार यसपटक फेरि एमाले अध्यक्ष ओलीसँग कुरा गरेर सहमतिमा उहाँ दुई वर्ष प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने, ‘त्यसपछि डेढ वर्ष कांग्रेसलाई छोड्ने समझदारी भएको छ । हामीबीच भएको सहमतिले देशभरका साथीहरू खुशी छन् ।’

दुई पार्टी मिल्दा अरु सिद्धिने भनेर चिन्ता नगर्न पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आग्रह गरे । 

‘हामी दुई पार्टी मिलेपछि अरु सिद्धिने भन्ने होइन । ओलीजीको पनि यस्तो नीति छैन । हामी सबैलाई मिलाएर अगाडि बढ्न चाहन्छौं,’ उनले थपे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट