Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमासहित काठमाडौंबाट फर्किँदै थिइन् भुपेन्द्रा, घर टेक्नै नपाई दुर्घटनामा दुवैजना बिते

२०८१, २८ भाद्र शुक्रबार ०७:३३

भदौ २८, काठमाडौँ । बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा र उनकी आमाले पनि ज्यान गुमाएका छन् ।

मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकी ६१ वर्षीया आमा गोपीमायाको पनि ज्यान गएको हो ।


प्रहरीका अनुसार शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर-२ स्थित भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकबाट ३ सय मिटर तल झरेर दुर्घटना भएको हो ।

उक्त पिकपअप भ्यान काठमाडौंबाट रुकुम पूर्व गइरहेको थियो । दुर्घटनास्थलबाट प्रहरीले एकजनालाई उद्धार गरेको छ । ती घाइतेलाई उपचारका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा पठाइएको छ ।

उक्त दुर्घटनामा आमाछोरीसहित तीन जनाको ज्यान गएको छ । मृतक एकजना पुरुषको सनाखत हुन नसकेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

आमालाई पशुपति दर्शन गराएकी थिइन्

गाउँपालिकाउपाध्यक्ष भुपेन्द्राले पाँच दिनअघि मात्रै आमालाई पशुपतिनाथको दर्शन गराएकी थिइन् । उनले बुवा बितेपछि एक्लै परेकी आमालाई काठमाडौं घुमाउन ल्याएकी थिइन् ।

पशुपति परिसरस्थित बागमती नदी क्षेत्रमा उनले आमालाई घुमाएको भिडियो भुपेन्द्राले सामाजिक सञ्जालमा राखेकी छन् । त्यसैगरी उनले आमालाई वसन्तपुरसहितका स्थानमा पनि घुमाएकी थिइन् ।

सात वर्षअघि नै बुवालाई गुमाएकी उनले आमा नै आफ्ना लागि सबथोक भएको बताउने गरेकी थिइन् ।

पाँच दिनअघि उनले आमालाई पशुपतिनाथ क्षेत्रमा घुमाइरहेको भिडियोमा प्रशंसासहितको गीत पनि राखेकी थिइन् ।

जसमा भनिएको थियो, ‘एक्लै धर्ती टेकायौ आमा, संसार देखायौ, आमा तिम्ले बोल्न सिकायौ, आमा चल्न सिकायौ…’

भुपेन्द्राले फेसबुकमा राखेको पोस्टअनुसार उनी आमाको खुट्टामा समस्या थियो । उनले आमालाई उपचारका लागि अस्पतालमा पनि राखेकी थिइन् । उपचारपछि उनले आमालाई साथमै लिएर पालिका फर्किने क्रममा दुर्घटनामा परेकी हुन् ।

७ वर्षअघि नै बुवालाई गुमाइसकेकी उनले ६१ वर्षीय आमाको स्याहारदेखि हेरचाह आफैं गर्दै आएकी थिइन् । तर उनीहरू दुवैजना काठमाडौंबाट फर्किने क्रममा घर टेक्नै नपाई दुर्घटनामा एकसाथ बितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै