Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 14, 2024 समाज

सिन्धुपाल्चोकको भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

भदौ २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो । नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर उक्त बोलेरोमा कति जना थिए भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

स्थानीयले भोटेकोशी नदीमा गाडीको टायर देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गाडी खसेको आशंकामा प्रहरीले क्रेन ल्याएर खोजी शुरु गरेको थियो ।