भदौ ३०, काठमाडौ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर गएराती भूकम्प गएको छ |
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ :०८ मा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।