२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मनसुन सुरु भएको ९० दिनमा विपद्‍बाट २२५ जनाको मृत्यु, ४९ बेपत्ता

२०८१, ३० भाद्र आईतवार १०:४५

भदौ ३०, काठमाडौँ । यसवर्ष मनसुन सुरु भएयता विपद्‍बाट २२५ जनाको मृत्यु भएको छ।

२०८१ जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो। त्यसदेखि यता (भदौ २२ गतेसम्म) ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यो अवधिमा ४९ जना बेपत्ता छन् भने २८४ जना घाइते भएका छन्।

मनसुनजन्य विपद् प्रभावित परिवार संख्या ४ हजार ६१५ रहेको छ।


गतवर्ष यसै अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता भएका थिए भने १२६ जना घाइते भएका थिए। गतवर्ष विपद् प्रभावित परिवारको संख्या ६ हजार ३० रहेको थियो।

मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जनाको मृत्यु र सबैभन्दा कम मधेस प्रदेशमा ५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

यस्तै, मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट १३५ जनाको मृत्यु भएको हो।

यसैगरी असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्य्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशुली नदीमा बेपत्ता भएका थिए। जसमध्ये २४ जनाको शव फेला परेको छ भने बससहित बाँकी यात्रु अझै हराइरहेका छन्।

यसवर्ष कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको छ। जल मापनको ७७ वर्षको इतिहासमा सो स्थानमा सबैभन्दा धेरै ६२४ मि.मि वर्षा भएको प्राधिकरणले उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल