२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनपीएलमा मार्की खेलाडीलाई २० लाख, अरुलाई कति ?

२०८१, ३० भाद्र आईतवार ११:१३

भदौ ३०, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका ८ फ्रेन्चाइजका मार्की खेलाडी शनिबार तय भएका छन् । फ्रेन्चाइजका मार्की खेलाडी छुट्याउन गोलप्रथा गरिएको थियो ।

क्यान सचिव पारस खड्काका अनुसार मार्की खेलाडीले जनही २० लाख रुपैयाँ पाउनेछन् । अब खेलाडी दर्ताका लागि आह्वान गरिने क्यान स्रोतले जनाएको छ ।

क्यानका एक अधिकारीका अनुसार खेलाडीलाई अब ए, बी, सी र लोकल आइकन भनेर क्याटोगोरी गर्ने तयारी छ । हरेक फ्रेन्चाइजले ए श्रेणीका ३ जना, बी श्रेणीका ४ जना र सी श्रेणीका ३ जना खेलाडी भित्र्यान सक्ने छ । त्यस्तै एक जना लोकल आइकन र ४ जना विदेशी खेलाडी भित्र्याउन दिने तयारी रहेको क्यान उच्च स्रोतले भन्यो ।

ए श्रेणीका लागि १० लाख, बी श्रेणीका लागि ५ लाख र सी श्रेणीका लागि २ लाख बेस प्राइस तोक्ने तयारी छ । ए श्रेणीका लागि १५ लाख, बी श्रेणीका लागि १० लाख र सी श्रेणीका लागि ५ लाख रुपैयाँ दाम फ्रेन्चाइजले लगाउन सक्नेछन् । लोकल आइकनको तलब भने फिक्स हुने छ’, स्रोतले तयारी बारे भन्यो ।

पहिलोपटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि सुरु हुँदै छ। प्रतियोगितामा विराटनगर, जनकपुर, पोखरा, चितवन, काठमाडौं, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम फ्रेन्चाइज टोली रहेका छन् । उनीहरु सबैका मालिक पनि तय भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल