2026-09-22 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सुगर ड्याडी’को भेषमा ३३ वर्षीय आशीषको अनौठो अपराध

भदौ ३१,  काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले भदौ १८ गते बूढानीलकण्ठका ३३ वर्षीय आशीष देउलासहित ४ जनालाई पक्राउ गर्‍यो । 

काठमाडौंका विभिन्न डान्सबारहरुबाट युवायुवतीहरुलाई प्रलोभनमा पारेर क्लब पार्टी र हाउस पार्टी गर्ने भन्दै आफ्नो घरमा लैजाने र घरमा लगिसकेपछि उनीहरुले नशालु पदार्थ सेवन गर्न लगाएर युवायुवतीलाई यातना दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

देउला समूहबाट चरम यातना भोगेका दुई युवाले दिएको उजुरीको कारण प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा देउलासहित टोखा नगरपालिका– ३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवनका २२ वर्षीय साजन गुरुङ छन् । उनीहरु १० दिनदेखि प्रहरीको हिरासतमा छन् । 

पक्राउ परेकाहरुमाथि अपहरण शरीर बन्धक र ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।  पक्राउ परेकामध्ये आशीष देउला मूख्य योजनाकार हुन् । उनकै योजनाअनुसार पक्राउ परेका युवाहरुले अन्य युवायुवतीहरुलाई बूढानीलकण्ठस्थित देउलाको घरमा पु¥याउने काम गर्थे ।

घरमा पुर्‍याएपछि भने नशालु पदार्थ खुवाएर इलेक्ट्रिक आइरन, नक्कली पेस्तोल देखाएर तर्साउने काम गर्ने गरेको पाइएको छ । 

शनिबारसमेत थप एक पीडित पनि प्रहरीको सम्पर्कमा पुगेका छन् । प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार प्रहरीको प्रारम्भिक बयानका क्रममा देउलाले प्रतिशोधका कारण पीडितहरुको शरीरमा आइरन लगाउने काम गरेको बताएका छन् । 

उनीहरुको साथबाट प्रहरीले इलिक्ट्रिक आइरन, नक्कली पेस्तोल, ह्यामरलगायत बरामद गरिसकेको छ । 

एसपी अधिकारीले भने, “प्रारम्भिक सोधपुछका क्रममा प्रतिशोध लिन पीडितको शरीरमा आइरन लगाएको हौँ भन्छन् । हामी अनुसन्धान गर्दैछौँ । उनीबाट अन्य पीडित भएका भए प्रहरीको सम्पर्कमा आउन आग्रह पनि गरेका छौँ ।”

‘सुगर ड्याडीको रुपमा क्लबमा’

आशीष साधारण भेषमा क्लब जाँदैनथे । दिनमा सामान्य रुपमा काम गर्ने आशीष, जब साँझ पर्थ्यो उनको भेष नै बदलिन्थ्यो । 

उनी झट्ट हेर्दा उमेरले ७० वर्षको हाराहारी देखिने, अनुहार बुढेशकालले चाउरीएको, तालु खुइलिएको नकाब लगाएर सुगर ड्याडीको भेषमा ठेमलका क्लबमा मनोरञ्जन गर्थे ।  आशीष सामाजिक सञ्जालमा पनि भिडियोहरु पोष्ट गर्थे । सुगर ड्याडी नाम रहेका आफ्ना सामाजिक सञ्जालमा क्लब र बारमा पैसा उडाएकोलगायतका भिडियोहरु पोस्ट गर्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार आशीष क्लब छिर्नासाथ उनी बसेको टेबलमा युवायुवतीहरु झुम्मिने गरेको पाइएको र त्यही बेला केही युवासँग आशीषको लफडा भयो । त्यसरी क्लबमा लफडा गर्नेहरुलाई आफ्नै घरमा हाउस पार्टी गर्ने भन्दै आफू बस्दै आएको बूढानीलकण्ठ नगरपालिकाको–१ नम्बर वडामा पुर्‍याए ।

पीडित युवाहरु घर पुर्‍याएको दिन भने आशिषकी श्रीमती घरमा थिइनन् । आशीषका अन्य परिवार बस्ने अर्कै घर छ । करिब एक रोपनी जग्गामा बनेको आशीषको आलिसान महलमा उनी एक्लै बस्छन् । त्यही कारण उनको घरमा राति के हुन्छ छिमेकी कसैलाई पनि थाहा हुँदैन । 

आशीषले भने क्लबबाट पार्टीको नाममा घरमा पुर्‍याएका युवायुवतीलाई यातना दिने र त्यसैमा मज्जा लिने गरेको खुलेको हो । हालसम्म पीडित तीनजना युवाहरु सम्पर्कमा आए पनि केही युवतीहरुमाथि समेत यातना गरेको आंशका प्रहरीको छ । 

यसरी जघन्य अपराधमा संलग्न आशिष देउला काठमाडौंकै सम्पन परिवारमा जन्मिएका युवा हुन् ।  उनका बुवा निर्माण व्यवसायी थिए । त्यसैले आशीषलाई आर्थिक अभाव भएन ।  दिनभर घरमै बस्ने आशिष साँझ भने काठमाडौंका विभिन्न क्लबहरुमा पुग्थे । उनी महंगा मानिएका क्लबका नियमित ग्राहक नै हुन् । प्रहरीका अनुसार उनी राति हिँड्दा करोड बढी पर्ने मित्सुबिसी ब्रान्डको पजेरो चढ्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो