Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्रीज्यू, फेसबुकमा भिडियो र समाचार हालेर देश बन्दैन : सांसद शाही

२०८१, ३१ भाद्र सोमबार १०:५४

भदौ ३१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले फेसबुकमा भिडियो र समाचार हालेर देश नबन्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर जुम्लाका स्याउले प्राथामिकता नपाएको प्रसङ्ग निकाल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर फेसबुकमा कसैको भिडियो र समाचार हालेर देश नबन्ने बताएका हुन्।

उनले भने, ‘जुम्लाका किसानले ५० करोडभन्दा माथिको स्याउ उत्पादन गरेका छन्। ६ अर्बको स्याउ हामी बाहिरबाट किन्छौँ। फेसबुक र टिकटकमा लाइभ आएर, फेसबुकमा कसैको भिडियो र समाचार हालेर देश बन्दैन। किसानले उत्पादन गरेको स्याउलाई प्राथमिकता दिनुपर्‍यो र बाहिरबाट आएका स्याउलाई चेकजाँच गर्न पर्‍यो।’


उनले जुम्लाका किसानले उत्पादन गरेको स्याउले बजार नपाएर रुन पर्ने अवस्था भएको बताए। शाहीले एक भाटभटेनीबाट आफूले ३५४ रुपैयाँ हालेर स्याउ किनेको बिल देखाउँदै नेपालमा विषादी मिसाएका स्याउहरू आयात हुने गरेको तर जुम्लाका किसानले उत्पादन गरेको स्याउ ७० रुपैयाँमा पनि किन्न कोही तयार नरहेको बताए।

उनले भने, ‘बाहिरबाट आएका किलोको ३५४ रुपैयाँका स्याउ नेपालका ठूला भाटभटेनीदेखि सुपरमार्केटमा छन्। तर, जुम्लाका  किसानले उत्पादन गरेको स्याउ ७० रुपैयाँमा पनि यहाँका सिन्डिकेटहरूले किन्न तयार छैनन्। मन्त्री भागेकाभाग्यै छन्। यस्तो विषादी मिसाएका स्याउ बजारमा छरपस्ट छ, यसले जनजीवन असर पर्छ। आज किसान दुःखी छन् सरकार केही पनि गर्दैन।’

बाहिरबाट स्याउ आयात गर्दा त्यसको चेकजाँच हुनपर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै