२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर ‘क्लिन चिट’ पाएको भन्दै रविले भ्रम फैलाए : मुकुल ढकाल

१ आश्विन २०८१, मंगलवार ०६:४५

असोज १, काठमाडौँ । रास्वपाका निष्कासित महामन्त्री डा मुकुल ढकालले सहकारी ठगी प्रकरणमा दोषी ठहर भएका रवि लामिछानेले जनतालाई झुक्याएको दाबी गरेका छन् ।

सोमबार सहकारी छानबिन गर्न गठित समितिले लामिछानेसहित ९ जनालाई कारबाहीका लागि सिफारिस गरेको थियो । तर, रास्वपाका नेताहरुले भने रविलाई कारबाही नभएको भन्दै प्रचार गरिरहेका छन् । सोही प्रचारलाई लक्षित गर्दै डा ढकालले जेल जाने पक्का भएपछी लाज शरम केहीको मतलव नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भनेर भ्रम फैलाएको बताएका हुन् ।

‘जेल जाने पक्का भएपछी लाज शरम केहीको मतलव नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भनेर भ्रम फैलाएछन् । उनीलाई आफूँ बाहेक अरू कसैको केहि मतलव छैन भन्ने कुरा फेरी पुष्टी भएको छ । यिनी आफूँ जेल जाने निश्चित भयो , छानविन समितिले नामै किटान गरेर दोषि भनिसक्यो, कारवाहि सिफारिस गरिसक्यो । कम्तिमा आफैँ पढ्ने आँट गर्नुहोस् , यी स्वार्थिले तपाईंहरूको जिन्दगीमाथि पनि सोझै खेलबाड गरिराखेका छन्, होस पुर्याउनु’ उनले भनेका छन् ।

डा ढकालले सहकारी ऐन २०७४ को दफा १२२ को (त) बमोजिम ‘सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानि पुर्‍याउने बदनियतले कुनै कार्य गरे वा गराएमा’ कसुर गरेको मानिने उल्लेख गरेको बताएका छन् । ‘ऐनको दफा १२४ को उपदफा १ घ बमोजिम १० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैद’ हुने व्यवस्था छ। रवि लामिछानेको हकमा यी दफा लागू हुन्छ’ उनले भनेका छन् ।

प्रतिवेदन लेखनका क्रममा यी दफा नै तोक्ने भन्दा , प्रचलित कानुन भन्ने शब्दले रिप्लेस मात्र गरेको उनको भनाइ छ । ‘कुरो त्यति मात्र हो । माथिको कारवाहि बाहेक पनि , कर छलि, कागजात किर्ते लगायतमा पनि दोषि देखिएकाले त्यसमा थप कारवाहि हुनेछ । भ्रममा नपर्नुहोस् । पढ्ने बानी बसाल्नुहोस्’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला