2026-07-26 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा

असोज १, काठमाडौँ । इन्द्रजात्राको अवसरमा मंगलबार काठमाडौंको बसन्तपुरमा बालेन साहको टिसर्ट लगाएर आएका युवाहरूलाई स्थानीयहरूको विरोधपछि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको सुरक्षाका लागि यस्तो कदम चालिएको दाबी गरेको छ। उनीहरूलाई काठमाडौं प्रहरी बृत्त जनसेवामा राखिएको छ ।

बालेनको टिसर्ट लगाएका आएका व्यक्तिहरूलाई स्थानीयहरूले विरोध गरेपछि उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार, ती युवाहरूले बालेनको पक्षमा नाराजुलुस गर्ने संकेत देखिएपछि स्थिति नियन्त्रणमा लिनुपर्ने अवस्था आएको थियो। एक प्रहरी अधिकृतले भने, “कार्यक्रममा बालेनको पक्षमा नाराजुलुस हुन सक्ने देखेर त्यसलाई रोक्न केही युवाहरूलाई नियन्त्रणमा लिइयो।”

तर, काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले घटनालाई फरक रूपमा प्रस्तुत गर्दै भने, “इन्द्रजात्रा जात्रा भगवानको सम्मान र प्रचारप्रसार गर्ने अवसर हो। स्थानीयले जात्रामा अन्य गतिविधिहरू नगर्न आग्रह गरेपछि प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिएको हो।”

यसैबीच, इन्द्रजात्राको अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको बसन्तपुर जाने कार्यक्रम पनि रहेको छ। सुरक्षा व्यवस्थालाई थप सुदृढ पारिएको छ, किनकि जात्रामा प्रधानमन्त्रीको सहभागिताको सम्भावना र अन्य विशेष अतिथिहरूको आगमनले भीड नियन्त्रणमा चुनौती थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ