2026-09-22 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरी चौकीमै प्रहरीको छापा

असोज १, काठमाडौँ ।  बिहारको कैमूर जिल्लास्थित सोनहन प्रहरी चौकीमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ प्रहरी चौकीमै छापा मारिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भभुआ थाना क्षेत्रका ‘स्टेसन हाउस अफिसर’ (एसएचओ) मुकेश कुमारको नेतृत्वमा प्रहरीको टोलीले छापा मारेको हो।

यो छापा त्यसबेला मारिएको हो, जब सोनहन प्रहरी चौकीका केही अधिकारीहरूले मदिरा सेवन गरेको सूचना प्राप्त भयो। बिहार राज्यमा मदिरा सेवन प्रतिबन्धित भएकाले प्रहरीले उक्त सूचना पछि तुरुन्तै कारबाही गरेको हो। जिल्ला प्रहरी प्रमुख (एसपी) ललित मोहन शर्माका अनुसार उक्त चौकीमा सबइन्स्पेक्टर राजीव रञ्जन र दुई सिपाहीहरू, चन्द्रजीत र अमरेन्द्र कुमारलाई मदिरा पिएको अवस्थामा पक्राउ गरिएको छ। साथै, एक सर्वसाधारण पनि मादक पदार्थ सेवन गरेको आरोपमा नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका चारै जनाको रक्त र मूत्र परीक्षणका लागि नमूना संकलन गरी परीक्षण गर्न पठाइएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई तत्काल निलम्बन गरिएको छ, र एसपीले उनीहरूविरुद्ध विभागीय कारबाही गर्न आदेश जारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो