२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाको राष्ट्रिय भेला: रविको प्रतिवेदन छलफलबिनै पारित हुने

२०८१, २ आश्विन बुधबार ०८:५८

असोज २, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्।

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ। भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि छन्।


भेलामा सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल नै नभइ अनुमोदन गरिने भएको छ । काठमाडौंको प्रज्ञा भवनमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय भेलामा हिजो प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए।

ती प्रतिवेदनमाथि आज छलफल गरि अनुमोदन गर्ने कार्यतालिका छ। ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलका लागि समय नै छुट्याइएको छैन।

भेलामा सात प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग प्रतिवेदन माथि सामूहिक छलफलको कार्यतालिका बुधबार विहान ७ देखि ११ बजेसम्मका लागि तोकिएको थियो । दस्तावेजमा आधारित प्रश्नोत्तर ११:४५ देखि २:४५ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

सभापति बाहेक अन्यले पेश गरेका प्रतिवेदनको आवश्यक संशोधनको समय ३:१५ देखि ४:३० बजेसम्मका लागि समय छुट्याइएको छ । त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने र अनुमोदन गर्ने कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन