2026-09-22 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु

असोज ३, काठमाडौँ । दक्षिणी चीनमा चक्कु प्रहारको घटनामा एक बालकको मृत्यु भएको छ । बुधवार विद्यालय जाँदै गर्दा शेञ्झेनस्थित जापानी विद्यालयमा पढ्ने ती छात्रमाथि चक्कु प्रहार भएको जापानी विदेश मन्त्रालयले बताएको छ ।

जापानी विद्यालय नजिक चीनमा हालैका महिनामा भएको यो दोस्रो चक्कु प्रहारको घटना हो । ती बालकमाथि विद्यालयको गेटभन्दा २०० मिटर पर आक्रमण भएको चीनको विदेश मन्त्रालयले भनेको छ ।

यस घटनामा ४४ वर्षीय संदिग्धलाई घटनास्थलबाट पक्राउ गरेर हिरासतमा राखिएको छ । जापानी र चिनियाँ अधिकारीहरूले पीडितको राष्ट्रियता खुलाएका छैनन् । तर सेञ्झेनमा रहेको सो जापानी विद्यालयमा पढ्न जापानी राष्ट्रियता चाहिन्छ ।

विद्यालय जाँदै गरेको बालकमाथि भएको आक्रमणलाई जापानको विदेश मन्त्री योको कामिकावाले निन्दनीय बताएका छन् । यसलाई आफूहरूले निकै गम्भीर रूपमा लिएको र त्यहाँ रहेका जापानी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पुनः चिनियाँ अधिकारीहरूलाई अनुरोध गरिने उनले बताए ।

जुनमा पनि पूर्वी चीनमा एक चिनियाँ पुरुषले जापानी महिला र उनको छोरामाथि विद्यालय बसकै अगाडि चक्कु हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो