2026-07-24 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरहरा चढ्न अनलाइनबाटै टिकट बुकिङ सुविधा

असोज ३, काठमाडौँ । आजदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहरा चढ्न निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म धरहरा चढ्न कुनै शुल्क लाग्ने छैन ।

धरहरा अवलोकन गर्न अनलाइन टिकटका लागि dharhara.gov.np वेबसाइटबाट बुकिङ गर्न सकिनेछ । तर, वेबसाइट निर्माणको काम बाँकी रहेकाले आजका लागि धरहरा परिसरकै काउन्टरबाट टिकट उपलब्ध गराइने आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । भोलिदेखि भने अनलाइनबाटै टिकट बुक गर्न सकिने व्यवस्था हुनेछ ।

अधिकारीका अनुसार एक दिनमा ५०० जनाले धरहरा निःशुल्क अवलोकन गर्न पाउनेछन् भने वृद्ध, अशक्त, अपाङ्गता भएका थप १०० जनालाई पनि प्रवेशको सुविधा दिइनेछ । एक पटकमा ८ देखि १० जनासम्मले धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ भने माथिल्लो बार्दलीमा १० मिनेटसम्म अवलोकन गर्न पाइनेछ ।

सरकारले संविधान दिवसको अवसरमा धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो, जसअनुसार आज बिहान १०:३० बजेबाट धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो । यद्यपि, धरहराको सम्पूर्ण संरचनाहरू पूर्ण रूपमा निर्माण सम्पन्न नभएकाले केही सेवाहरू क्रमशः सञ्चालनमा ल्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक