२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरहरा चढ्न अनलाइनबाटै टिकट बुकिङ सुविधा

३ आश्विन २०८१, बिहीबार ०८:०८

असोज ३, काठमाडौँ । आजदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहरा चढ्न निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म धरहरा चढ्न कुनै शुल्क लाग्ने छैन ।

धरहरा अवलोकन गर्न अनलाइन टिकटका लागि dharhara.gov.np वेबसाइटबाट बुकिङ गर्न सकिनेछ । तर, वेबसाइट निर्माणको काम बाँकी रहेकाले आजका लागि धरहरा परिसरकै काउन्टरबाट टिकट उपलब्ध गराइने आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । भोलिदेखि भने अनलाइनबाटै टिकट बुक गर्न सकिने व्यवस्था हुनेछ ।

अधिकारीका अनुसार एक दिनमा ५०० जनाले धरहरा निःशुल्क अवलोकन गर्न पाउनेछन् भने वृद्ध, अशक्त, अपाङ्गता भएका थप १०० जनालाई पनि प्रवेशको सुविधा दिइनेछ । एक पटकमा ८ देखि १० जनासम्मले धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ भने माथिल्लो बार्दलीमा १० मिनेटसम्म अवलोकन गर्न पाइनेछ ।

सरकारले संविधान दिवसको अवसरमा धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो, जसअनुसार आज बिहान १०:३० बजेबाट धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो । यद्यपि, धरहराको सम्पूर्ण संरचनाहरू पूर्ण रूपमा निर्माण सम्पन्न नभएकाले केही सेवाहरू क्रमशः सञ्चालनमा ल्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने