३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रविको गुनासो – कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ

३ आश्विन २०८१, बिहीबार १०:२०

असोज ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा माफी मागेका छन् । उनले कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजेको गुनासो समेत गरे । 

उनले बुधवार राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारीको गोरखा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोपबारे लेखेका हुन् । 

उनले प्रतिवेदनमा लेखेका छन्, ‘मेरा कुनै बेलाका गैर-राजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्‍यो, यसमा म दुःखी छु ।’ 

रविले मान्छेका रूपमा मेरा आफ्ना कैयौँ कमजोरी भए पनि  आफूबाट अनैतिक, असामाजिक र अराजनीतिक काम नभएको दाबी समेत गरेका छन् । 


यता सहकारी समितिले आफ्नो प्रतिवेदनमा रवि लामिछानेलाई गोरखा मिडियामार्फत सहकारीको रकम लिएको र १५ प्रतिशत  शेयर पनि गैर कानुनी भएको भन्दै कारबाही लागि सिफारिस गरेको छ । 

यस्तो छ रविको सहकारीबारे भनाइ, ‘प्रतिनिधि मित्रहरू, यो प्रतिवेदनमार्फत अरूको आलोचना भन्दा पहिला आफ्नै केही कमजोरी स्विकार्न चाहन्छु । यति धेरै आम चासोको व्यक्ति नहुँदाको बखत कैयौँ निजी मामिलालाई हल्कारुपमा लिनु र तिनको समयमै उचित कानुनी निकास दिन नसक्नु मेरो कमजोरी भयो । राजनीतिमा लाग्नुअघि नै यसरी सबै विषय वा सन्दर्भको योजनाबद्ध उत्खनन र आक्रमण हुन्छ भन्ने कुराको सही आंकलन मैले गर्न सक्नु पर्थ्यो । हुन त कुनै पनि आरोप सत्य छैन । तर, जति प्रश्न उठे, त्यति पनि ठाउँ दिन हुन्थ्यो भन्ने ठान्छु । मेरा कुनै बेलाका गैर राजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्‍यो, यसमा म दुःखी छु । आफ्नो तागतको हेक्का नराखी बोलिएका बोली, बडेमानका आश्वासन र त्यसैको आधारमा बढेको जनअपेक्षाका पहाड चढ्न हामीलाई निकै गाह्रो भएको सत्य स्विकार्ने अवसर पनि यही हो । मान्छेका रूपमा मेरा कैयौँ कमजोरी होलान् । तर, मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन । राजनीति यतिसम्म निर्मम र निकृष्ट हुन्छ भन्ने अनुमान र त्यसको पूर्व तयारी गर्न नसक्नु मेरो कमजोरी हो । यसबाट मैले सिक्नुपर्ने विषय त छँदै छ, मलाई हेरेर अरू साथीहरूले पनि सिक्नु पर्ने धेरै विषय छन् । कैयौँ सीमितता र कमजोरीका बाबजुद पनि मलाई निसर्त र निस्वार्थ साथ दिने रास्वपा परिवारका सबै सदस्यप्रति ऋणी छु, नतमस्तक छु र आभारी छु ।

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ होइन रहेछ, तर । भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नु परेको छ । संसदीय समितिले प्रस्ट भन्यो कि, सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन । अझै केही भ्रमहरू छन्, ती पनि तोडिन्छन्। एउटा शेयर सदस्य एवं कर्मचारीका रूपमा संस्थामा आएको पैसाको चेक काट्यो, कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ । कार्यकारी अध्यक्षले ल्याएर संस्थामा राखेको पैसाको स्रोत कुन कर्मचारीले खोज्न मिल्छ रु राज्यको सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, कर विभाग जस्ता संयन्त्रले हेर्ने कि एउटा कर्मचारीले रु यो जिम्मा नलिए तँ जेल पर्छस् भन्ने हो भने कोही किन कुनै कम्पनीको सम्पत्तिको जोखिम सहन जागिर खान्छ। यसले निजी व्यवसाय चल्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता