३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक र सांस्कृतिक धरोहर

५ आश्विन २०८१, शनिबार ०८:४५

असोज ५,भक्तपुर | भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहरमध्येको एक हो । भक्तपुर दरबारको शिल्पकला, हस्तकला र मल्लकालीन वास्तुकलाले मलाई विशेष रूपमा आकर्षित गर्यो । यहाँको प्राचीन राजदरबार, ५५ झ्याले दरबार र अन्य धार्मिक स्थलहरूले इतिहास प्रति मेरो रुचिलाई थप बलियो बनायो ।

दरबार क्षेत्रमा प्रवेश गर्दा मैलै देखेको पहिलो प्रमुख आकर्षण ५५ झ्याले दरबार थियो । यो नेवारी कला र वास्तुकलाको अद्वितीय नमूना हो, जसलाई राजा भूपतिन्द्र मल्लले निर्माण गरेका थिए । यसले मलाई मल्लकालीन कारीगरी र सम्पदाको गहिराइमा डुब्न प्रेरित गर्यो । दरबारको अगाडि रहेका बाघका दुई विशाल प्रतिमाहरूले दरबारको सुरक्षा गरिरहेको जनविश्वासले यो ठाउँ अझै रोमाञ्चक बनायो ।

त्यस्तै, न्यातापोल मन्दिर र भैरवनाथ मन्दिरको अनौठो सौन्दर्य पनि उल्लेखनीय थियो । न्यातापोलको ५ तले संरचना र कलात्मक मूर्तिहरू साँच्चै अद्वितीय थिए । विशेष गरी दशैंको समयमा मात्र खुल्ने न्यातापोल मन्दिरको रहस्यले मलाई मन्दिरको गहिराइ बुझ्न थप चासो पैदा गरायो ।

मलाई भक्तपुर दरबार क्षेत्रको पुरातन वातावरणमा डुब्न पाउँदा निकै शान्ति र आनन्दको अनुभव भयो । यहाँका मन्दिर र संरचनाहरू, प्राचीन मूर्तिहरू र हिन्दू धर्मसँग सम्बन्धित सम्पदाहरूले मल्लकालीन नेपाललाई प्रत्यक्ष रूपमा देख्न अवसर प्रदान गर्यो । यसका साथै, भक्तपुरका परम्परागत हस्तकलाहरू, जस्तै धातुकला र काठकलाको सुन्दरता देखेर म चकित भएँ ।

भूकम्पले क्षतिग्रस्त भएका संरचनाहरू पुनर्निर्माण हुँदै गरेको देख्दा नेपालका सम्पदाको संरक्षणमा भइरहेको प्रयासले मेरो मन छोयो । पुरानै शैलीमा संरचना पुनर्निर्माण गर्न प्रयास भइरहेको जानकारी पाउँदा यस क्षेत्रको मौलिकता र सांस्कृतिक महत्त्वलाई जोगाइराख्ने प्रयास भइरहेको छ भन्ने अनुभव गर्ने मौका मिल्योे ।

यदि तपाईं इतिहास, संस्कृति र वास्तुकलामा रुचि राख्नुहुन्छ भने, भक्तपुर दरबार क्षेत्र तपाईंको भ्रमणको सूचीमा अवश्य पर्नु पर्छ । यहाँको सांस्कृतिक सम्पदा र पुरातन कला कृतिहरूलाई नजिकबाट अनुभव गर्न पाउनु भ्रमणको एउटा अविस्मरणीय पक्ष हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल