2026-07-25 09:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उदयपुरमा मलामी बोकेको बस दुर्घटना, २९ जना घाइते

असोज ८, काठमाडौँ । उदयपुर बेलका नगरपालिका–८, डुम्रीबोटेमा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा चालकसहित २९ जना घाइते भएका छन्। जसमा १५ जनाको अवस्था गम्भीर छ। सप्त नदीस्थित आर्यघाटमा मृतकको शव बिसर्जन गरेर फर्कँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शी सीताराम राईका अनुसार बेलका–५ घुम्नेका मृतक लक्ष्मण कटुवाल र भद्रमाया पाण्डेको शव अन्त्येष्टि गरेर फर्कने क्रममा प्रदेश ०१–००२–००१ ख ८२५३ नम्बरको बस मदन भण्डारी लोकमार्गअन्तर्गत बेलका–८ को घुम्तीमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार स्थानीय र कोठु प्रहरी चौकीको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

गम्भीर घाइते १५ जनालाई धरानको बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ। यसैगरी अन्य १४ जनाको बेलका नगर अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले थपलाई पनि धरान पठाउने तयारी भइरहेको एसपी योगीले जानकारी दिए।

मृतक लक्ष्मण कटुवाल (८०) र भद्रमाया पाण्डेको मृत्यु अत्यधिक गर्मीका कारण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन्। कटुवाललाई खोलामा नुहाउन गएका बेला मृत अवस्थामा बगरमा फेला पारिएको थियो। कटुवालको मृत्युको अन्य कारण नखुलेको हुँदा गर्मीका मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। त्यस्तै, सोमबार साँझ निधन भएकी वृद्धा भद्रमाया पाण्डेको मृत्यु पनि गर्मीकै कारण हुन सक्ने गाउँलेहरूले अनुमान गरेका छन्। पाण्डेको कुनै ठोस बिरामी नदेखिएकोले वृद्धावस्थामा गर्मीले नै प्राण गएको हुनसक्ने स्थानीयको बुझाइ छ। प्रहरीले भने दुवै मृतकको मृत्युका कारणबारे ठोस जानकारी नआइसकेको र घटनाको अनुसन्धान भइरहेको बताएको छ।

मलामी बोकेको बस दुर्घटनामा परेको र प्रहरी अहिलेसम्म घाइतेहरूको उपचारमा व्यस्त रहेकाले मृत्युका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिलेसम्म कुनै उजुरी नआएकाले पनि घटनाको पुष्टि हुन समय लाग्ने प्रहरीको भनाइ छ।

मृतक दुवैको शव बिसर्जन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक