2026-07-25 05:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उत्तरी गोरखामा गाउँलेहरूले दिएनन् हेलिकप्टर ल्याण्ड गर्न

असोज ९, काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाले निषेधित क्षेत्र खुल्ला गर्न माग गर्दै हेलिकप्टर उडानमा रोक लगाएका छन्। बुधबार सामागाउँको हेलिप्याडमा जम्मा भएर गाउँलेहरूले हेलिकप्टरलाई ल्याण्ड गर्न दिएका छैनन्।

गाँउलेहरूले विरोधस्वरूप हेलिप्याडमा ढुंगा थुपारेका छन् र झण्डा गाडेका छन्। स्थानीय मिङमार लामाले भने, “हामीले आठ दिनअघि नै हेलि उडान रोक्ने निर्णय गरेका थियौं। सम्बन्धित निकायले हाम्रो मागलाई बेवास्ता गरेकाले हामीले यो कदम चालेका हौं।”

गाउँपालिकाका वडाध्यक्ष कर्मा छेवाङ लामाले पनि स्थानीयको मागलाई सरकारले ध्यान नदिएको बताए। उनले भने, “स्थानीयको यो माग धेरै समयदेखि छ। हामीले प्रधानमन्त्रीसम्म ज्ञापनपत्र बुझाएका छौं, तर सरकार सुन्दै छैन।”

हालको स्थिति कारण मनास्लु क्षेत्रका पर्यटक अलपत्र परेका छन्। हेलिकप्टर उडान रोकिएकोले पर्यटकहरू काठमाडौं फर्कन सकिरहेका छैनन्। पर्यटन विभागका अनुसार मनास्लु क्षेत्र भ्रमणमा २ सय ४० जना विदेशी पर्यटक रहेका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले समस्या समाधानका लागि समन्वय भइरहेको बताए र भने, “हामीले गाउँलेहरूको निर्णयलाई माथि मन्त्रालयमा पठाइसकेका छौं।”

स्थानीयहरूको माग र परिस्थितिको समाधानको लागि चाँडै कदम चाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन