२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उत्तरी गोरखामा गाउँलेहरूले दिएनन् हेलिकप्टर ल्याण्ड गर्न

९ आश्विन २०८१, बुधबार ०८:५४

असोज ९, काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाले निषेधित क्षेत्र खुल्ला गर्न माग गर्दै हेलिकप्टर उडानमा रोक लगाएका छन्। बुधबार सामागाउँको हेलिप्याडमा जम्मा भएर गाउँलेहरूले हेलिकप्टरलाई ल्याण्ड गर्न दिएका छैनन्।

गाँउलेहरूले विरोधस्वरूप हेलिप्याडमा ढुंगा थुपारेका छन् र झण्डा गाडेका छन्। स्थानीय मिङमार लामाले भने, “हामीले आठ दिनअघि नै हेलि उडान रोक्ने निर्णय गरेका थियौं। सम्बन्धित निकायले हाम्रो मागलाई बेवास्ता गरेकाले हामीले यो कदम चालेका हौं।”


गाउँपालिकाका वडाध्यक्ष कर्मा छेवाङ लामाले पनि स्थानीयको मागलाई सरकारले ध्यान नदिएको बताए। उनले भने, “स्थानीयको यो माग धेरै समयदेखि छ। हामीले प्रधानमन्त्रीसम्म ज्ञापनपत्र बुझाएका छौं, तर सरकार सुन्दै छैन।”

हालको स्थिति कारण मनास्लु क्षेत्रका पर्यटक अलपत्र परेका छन्। हेलिकप्टर उडान रोकिएकोले पर्यटकहरू काठमाडौं फर्कन सकिरहेका छैनन्। पर्यटन विभागका अनुसार मनास्लु क्षेत्र भ्रमणमा २ सय ४० जना विदेशी पर्यटक रहेका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले समस्या समाधानका लागि समन्वय भइरहेको बताए र भने, “हामीले गाउँलेहरूको निर्णयलाई माथि मन्त्रालयमा पठाइसकेका छौं।”

स्थानीयहरूको माग र परिस्थितिको समाधानको लागि चाँडै कदम चाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’