जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका–२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका–२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजम"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरकाे विद्युतीय सामग्रीको कारोबार गर्ने भव्या इन्टरप्राइजेजमा आगलागी

९ आश्विन २०८१, बुधबार ११:०९

असोज ९, काठमाडौँ । विराटनगर महानगरपालिका मुनालपथस्थित विद्युतीय सामग्रीको कारोबार गर्ने भव्या इन्टरप्राइजेजमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका–२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजमा बुधबार दिउँसो करिब २ बजे आगलागी भएको हो।

आगलागीबाट मनीष अग्रवाल सञ्चालक रहेको इन्टरप्राइजेजमा पूर्णरुपमा क्षति पुगेको छ। आगलागी भएको इन्टरप्राइजेज नजिक बजाज मोटरसाइकलको सोरुममा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। इन्टरप्राइजेजमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ। आगलागीपछि नियन्त्रणका लागि महानगरबाट ३ वटा र एउटा वारुणयन्त्र दुहबी नगरपालिकाबाट परिचालन भएका थिए।

सात दमकल पानी खर्चिएपछि आगलागि नियन्त्रणमा आएको महानगरका नगररक्षक प्रमुख राजन पौडेलले जानकारी दिए। इन्टरप्राइजेजमा आगलागिबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’