२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जीवी राईसहित १७ जनाविरुद्ध चितवनमा ठगी मुद्दा दर्ता, साढे ३७ करोड बिगो दाबी

९ आश्विन २०८१, बुधबार ११:५५

असोज ९, काठमाडौँ । जिल्ला अदालत चितवनमा साहरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संस्थापक गितेन्द्र बाबु (जीबी) राईसहित १७ जनाविरुद्ध ठगीको मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले आज ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ १७ पैसाको रकम बिगो माग गर्दै मुद्दा दर्ता गरेको हो।

जिल्ला सरकारी वकिल शान्तिप्रसाद लुइँटेलका अनुसार ४४६ जना जाहेरवालाले संयुक्तरूपमा आफ्नो बचत रकम संस्थापक राईसहित १७ जनाले अपचलन गरेको उजुरी दिएका छन्। प्रतिवादी १७ जनामध्ये कुमार रम्तेल बाहेक १३ जना फरार छन् भने ३ जना अनुपस्थित रहेका छन्।

उनीहरूको विरुद्ध मुलुकी अपराध संहिताको धारा २४९ बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाका साथै बिगो फिर्ता गर्नुपर्ने अभियोजन लगाइएको छ।

जिल्ला न्यायाधिवक्ता लुइँटेलले ठगीमा संलग्न सबैको सम्पत्ति र सहकारीबाट लिएको रकमको समेत छुट्टै अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरिएको जानकारी दिएका छन्।

अभियोगको पूर्णपाठ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो