2026-09-22 04:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘द फेमिली म्यान ३’मा देखिँदै सुनिल थापा र प्रशान्त तामाङ

असोज ११, काठमाडौँ । सन् २०१९ मा आएको प्राइम भिडियो सिरिज ‘द फेमिली म्यान’ चर्चित रह्यो । यसलाई ‘आइएमडिबी’मा मात्र ८.७ रेटिङ मिलेको छ । यसको दोस्रो श्रृंखला २०२१ मा आएको थियो । अब तेस्रो श्रृंखला सन् २०२५ मा रिलिज गरिँदैछ, जसको यतिबेला भारतको उत्तर पूर्वी राज्यस्थित नागाल्याण्ड सहरमा छायांकन भइरहेको छ । यसैबीच, यो सिरिजलाई लिएर महत्त्वपूर्ण जानकारी बाहिरिएको छ ।

‘फेमिली म्यान ३’ सिरिजमा दुई चर्चित नेपाली कलाकार सुनिल थापा र गायक समेत प्रशान्त तामाङलाई पनि देख्न पाइने भएको छ । शुक्रबार फेसबुकमा एक पोस्टमार्फत् अभिनेता थापाले आफू सिरिजको छायांकनका लागि नागाल्याण्डमा रहेको जनाएका छन् । उनले सिरिजका प्रमुख कलाकारद्वय मनोज बाजपेयी र दीलिप ताहिलसँग खिचेका तस्वीरहरू पनि फेसबुकमा सेअर गरेका छन् ।

उनले लेखेका छन्, ‘मनोज बाजपेयी र दीलिप ताहिलसँग मैले नागाल्याण्डमा ‘द फेमिली म्यान’को सुटिङको दौरानमा अविश्वसनीय समय विताएँ ।’ थापाले पहिलो पटक भारतीय वेब सिरिज गरेका हुन् । केही बलिउड फिल्ममा भने उनले अभिनय गरिसकेका छन् । अभिनेत्री प्रियंका चापडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’मा उनले निभाएको कोचको भूमिका सम्झनलायक मानिन्छ ।

परिवारसहित भारतको दार्जिलिङमा बस्दै आएका प्रशान्त पनि ‘द फेमिली म्यान ३’को सुटिङमा जोडिसकेको जनाइएको छ । उनी अडिसनबाट छनोट भएर सिरिजमा आबद्ध भएको जानकारी प्राप्त छ । गत वर्ष उनले भारतीय वेब सिरिज ‘पाताल लोक’को दोस्रो सिजनमा समेत काम गरेका थिए । एक दशकअघि नेपाली फिल्ममा सक्रिय रहेका उनको पछिल्लो रिलिज फिल्म ‘परदेशी २’ हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो