२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अबिरल वर्षाको कारण बागमती र बकैया नदीमा उच्च बहाव, ६ पालिका रेडजोनमा

१२ आश्विन २०८१, शनिबार ०६:४४

असोज १२, रौतहट । पछिल्लो तीनदिन देखि अबिरल वर्षाको कारण रौतहटको पूर्विभेग स्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठूलो बाढी आएको छ । बाढीको पानी अहिले बागमती र बकैयामा ओभरफ्लो सुरु भएको छ।

लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर १ मर्यादपुर गाउँ छेउमा नदीको बाँध कटान सुरु गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । 
त्यसैगरी जिल्ला स्थित चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदी खोलामा पनि पानीको स्तर बढ्दै गएको छ। कुलेखानी ड्याम आज बिहान खोलिएपछि बागमती नदीमा अझै ठूलो बाढी आउने भएकाले नागरिकलाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मीले ठाउँ ठाउँमा माईकिङ गरिरहेको छ ।
त्यस्तै बाढी र डुबान कटानको जोखिम बाट जोगाउन जिल्लाको चन्द्रपुर, परोहा नगरपालिका लगायत कैयौँ स्थानमा ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ रेग्मीले बताएका छन् । रेग्मीले अविरल वर्षाका र बाढीको कारण जिल्लाको ६ वटा पालिका रेड जोनमा रहेको बताएका छन्। 
जिल्लाको पूर्विभेग राजदेवि नगरपालिका ,दुर्गाभगवति गाउपालिका, बौधिमाई, मौलापुर, राजपुर र  कटहरिया नगरपालिका रेड जोनमा रहेको उनले जानकारी दिएका छन्। अबिरल बर्षाको पानीले ईलाका प्रहरी कार्यालय कटहरिया जलमग्न भएको छ । 
बिहीवारदेखि परेको अबिरल वर्षाको कारण जिल्लाका सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । दैनिक ज्यालादारी ,गर्ने खेतमा काम गर्ने मजदुर, दैनिक ससाना ब्यापार गर्ने ब्यवसायी अबिरल वर्षाको कारण ठूलो कठिनाईमा परेका छन्।
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य