2026-09-22 04:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शुक्रवारदेखि सम्पर्कविहीन गोरखाको बस पनि झ्याप्ले खोलाको पहिरोमा भेटियो, ३ शव फेला

असोज १३, काठमाडौँ । गोरखाबाट काठमाडौं आउँदै गर्दा सम्पर्कविहीन भएको बस पनि झ्याप्ले खोलाको पहिरोमा भेटिएको छ ।

गोरखाको लापुबेसीबाट छुटेर शुक्रवार रातिदेखि सम्पर्कविहीन बस त्रिभुवन राजपथअन्तर्गत नागढुंगा-नौबीसे सडक खण्डमा पर्ने झ्याप्ले खोलामा भेटिएको हो ।

बा ४ ख २२७० नम्बरको उक्त बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बसमा रहेको ड्राइभरको नम्बरबाट पहिचान खुलेको र उक्त बसमा ३ जनाको शव भेटिएको थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार उक्त बस लापुबेसीबाट शुक्रबार बिहान ७ बजे छुटेको थियो । 

‘मुग्लिनसम्म आउँदा चालकसहित ३–४ जना यात्रु रहेको पाइएको छ । त्यसयता बसमा कति यात्रु चढे थाहा भएन । नौबीसे आएपछि सम्पर्कविहीन भएको थियो,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो