२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दसैँका लागि सुकिलो नोट सटही सुविधा सुरु

१३ आश्विन २०८१, आईतवार ०६:३६

असोज १३, काठमाडौँ । दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि सफा र सुकिलो बैंक नोट सटही सुविधा सुरु गरेको छ। राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरू र सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट असोज २२ गतेसम्म सुकिलो नोट साट्न सकिनेछ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार सर्वसाधारणले आफ्नो खातासँग आबद्ध बैंक वा कुनै पनि पायक पर्ने बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन्। एक व्यक्तिले पाँच, दस, बीस, पचास, र एक सय दरका नोटसहित १८,५०० रूपैयाँसम्मको सुकिलो नोट साट्न पाउनेछन्। यसपटक प्रयोग भइसकेका सफा र सुकिला नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकले नोटको आयु घटाउने समस्या न्यूनीकरण गर्न, बजारमा प्रचलनमा रहेका नोटलाई पुनः प्रयोगयोग्य बनाउन तथा मितव्ययी व्यवस्थापनका लागि यस्तो कदम चालेको हो। दसैँजस्ता चाडपर्वको समयमा साना दरका नोटको माग अत्यधिक हुने भएकाले सर्वसाधारणलाई सहुलियत दिन राष्ट्र बैंकले सटही प्रक्रिया अघि बढाएको जनाएको छ।

बैंक नोटको गुणस्तरीयता कायम राख्नका लागि पनि सफा र सुकिला नोटहरूको प्रचलनमा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य