2026-09-22 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दसैँका लागि सुकिलो नोट सटही सुविधा सुरु

असोज १३, काठमाडौँ । दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि सफा र सुकिलो बैंक नोट सटही सुविधा सुरु गरेको छ। राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरू र सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट असोज २२ गतेसम्म सुकिलो नोट साट्न सकिनेछ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार सर्वसाधारणले आफ्नो खातासँग आबद्ध बैंक वा कुनै पनि पायक पर्ने बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन्। एक व्यक्तिले पाँच, दस, बीस, पचास, र एक सय दरका नोटसहित १८,५०० रूपैयाँसम्मको सुकिलो नोट साट्न पाउनेछन्। यसपटक प्रयोग भइसकेका सफा र सुकिला नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकले नोटको आयु घटाउने समस्या न्यूनीकरण गर्न, बजारमा प्रचलनमा रहेका नोटलाई पुनः प्रयोगयोग्य बनाउन तथा मितव्ययी व्यवस्थापनका लागि यस्तो कदम चालेको हो। दसैँजस्ता चाडपर्वको समयमा साना दरका नोटको माग अत्यधिक हुने भएकाले सर्वसाधारणलाई सहुलियत दिन राष्ट्र बैंकले सटही प्रक्रिया अघि बढाएको जनाएको छ।

बैंक नोटको गुणस्तरीयता कायम राख्नका लागि पनि सफा र सुकिला नोटहरूको प्रचलनमा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो