2026-09-22 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढीपहिरोले दुई दिनमा १२९ जनाको मृत्यु, ६२ जना बेपत्ता

असोज १३, काठमाडौँ । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर एक सय २९ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसो १ बजेसम्म १२९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अझै ६२ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। 

त्यस्तै ८६ जना घाइते छन् भने सुरक्षाकर्मीले ३ हजार २६६ जना भन्दा बढीको उद्धारसमेत गरेको छ। 

वर्षाका कारण विभिन्न ठाउँका सडक पनि अवरूद्ध छन्। लामो दुरीमा निस्किनुपरेमा प्रहरी कार्यालयमा सम्पर्क गरी मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ।

काठमाडौं प्रवेश गर्ने नाका नजिकै धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएका शवहरू निकाल्ने काम भइरहेको छ। आइतबार दिउँसोसम्म त्यहाँमात्रै ३५ जनाको शव फेला परेको हो। पछिल्लो समय अर्को बसबाट पाँच जनाको शव फेला परेको हो। 

शनिबार १४ वटा शव फेला परेको थियो भने आइतबार २१ जनाको शव फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो