२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बङ्गलादेश हिँडेका छोराछोरीसहित आमा झ्याप्लेखोलामा अस्ताए

१३ आश्विन २०८१, आईतवार ०९:४१

असोज १३, काठमाडौं । धादिङको झ्याप्लेखोलामा आएको पहिरोले स्याङ्जाका तीन जनाको ज्यान लिएको छ। गल्याङ नगरपालिका–३ की सीता भट्टराई र उनका जुम्ल्याहा सन्तान दिपेश र दिपिका पहिरोमा पुरिएर मृत्यु भएको हो। 

 दिपेश र दिपिका जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा पनि अस्थाए  ।


शुक्रबार बिहान बुटवलबाट काठमाडौँ हिँडेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विंगर) धादिङको झ्याप्लेखोलामा पहिरोमा पर्दा गाडीमा सवार चालकसहित १४ जनाको ज्यान गएको छ। सीता भट्टराईको परिवार पनि सोही गाडीमा सवार थियो। पहिरोमा पुरिएका सबैको पहिचान गरिएको छ।

घटनापछि वैदेशिक रोजगारीका लागि कोरियामा रहेका होमनाथ भट्टराईलाई परिवारको निधनको खबरपछि नेपाल बोलाइएको छ। होमनाथका आफन्त लिलाबल्लव भट्टराईका अनुसार, परिवारले केही वर्षदेखि रुपन्देहीमा बस्दै आएको थियो भने स्याङ्जामा पुरानो घरमा होमनाथका बुबा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य