२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय

१३ आश्विन २०८१, आईतवार ११:४२

असोज १३, काठमाडौँ । प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै आन्तरिक उडानमा संचालित एयरलाइन्सहरूले तीन दिनसम्म भाडा नबढाउने सहमति गरेका छन्। वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिएअनुसार, आगामी सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै टिकट बिक्री गर्नेछन्।


दशैंको पर्व नजिकिँदै गर्दा हवाई सेवा कम्पनीहरूले क्यानले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गर्न थालेका थिए। तर, दशैंको मुखमा भाडा बढाएको विषयमा चौतर्फी विरोध भएपछि नियामक निकाय क्यानले छलफलमा बोलाएको थियो।

बाढी र पहिरोका कारण सडक यातायात पूर्णरूपमा अवरुद्ध भइरहेका बेला एयरलाइन्सहरूले महँगो शुल्क नलिनुपर्ने माग सर्वसाधारणको थियो। यस विषयमा एयरलाइन्सहरूको सहमति सार्वजनिक हुनु सकारात्मक कदमको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य