२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन

१४ आश्विन २०८१, सोमबार ०७:५५

असोज १४, काठमाडौँ । गोर्खा मिडियामा विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वडीआईजी छविलाल जोशीलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।

छविलाल जोशीका कारण रोचक जोशीले उनलाई थुनामुक्त माग गर्दै आइतबार नै निवेदन दर्ता भएको हो। मुद्दाको पेसी भने आज सोमबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ।

जोशी पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन्। जिल्ला सरकारी वकिलको रोहवरमा उनको बयान पोखरामा सक्किसकेको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदनमा जोशीलाई कारबाही गर्न सिफारिस गरिएको थियो। सोही प्रतिवेदन यही असोज ४ गते मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सरकारले उक्त प्रतिवेदनअनुसार कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको थियो। त्यसलगत्तै जोशी पक्राउ परेका थिए।

जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालकमध्येका एक हुन्।

संसदीय छानबिन समितिले जोशीसँगै पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई पनि कारबाहीको सिफारिस गरेको थियो। जीबी फरार छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने