२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्यटनमन्त्रीको दाबीः इतिहासमै कुनै मन्त्रीले नगरेको काम गरेको छु

१५ आश्विन २०८१, मंगलवार ०८:०२

असोज १५,  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो कार्यकालमा नीतिगत रुपान्तरणमा ऐतिहासिक काम गरेको दाबी गरेका छन्। मंगलबार मन्त्रालयमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) द्वारा बुझाइएको ध्यानाकर्षण पत्रपछि बोल्दै मन्त्री पाण्डेले आफूले पर्यटन क्षेत्रमा अन्य कुनै मन्त्रीले नगरेका महत्वपूर्ण नीतिगत परिवर्तनहरु गरेको दाबी गरे।

उनले आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट धेरै नयाँ ऐनहरु संसदमा प्रस्तुत हुने जानकारी दिए। "पर्यटन ऐन, लुम्बिनी विकास कोष ऐन, पशुपति क्षेत्र विकास कोष ऐन लगायतका नीतिगत परिवर्तनहरु गर्दैछौं," उनले भने। साथै, संस्कृति नीति, पर्यटन नीति, समसामयिक नीति लगायतका नीति निर्माण प्रक्रियामा रहेको उनले उल्लेख गरे।


हवाई क्षेत्रलाई व्यवस्थित गर्न हवाई नीति, नियामक निकाय र सेवा प्रदायक निकायको विधेयक अघि बढाइने जानकारी दिँदै उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान दुर्घटनामा समानता ल्याउने गरी बीमा ऐनको ड्राफ्ट तयार गरिरहेको बताए। गैरसैनिक हवाई उड्डयनसम्बन्धी विधेयकको तयारीसमेत भइरहेको मन्त्री पाण्डेले जानकारी दिए।

"मैले इतिहासमै कुनैपनि मन्त्रीले नगरेको नीतिगत प्रयास गरेको छु," पाण्डेले भने। "समसामयिक आवश्यकताका आधारमा कानूनी र नीतिगत रुपान्तरणका लागि ठूलो प्रयास भइरहेको छ।"

मन्त्री पाण्डेले नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको विकास र संरक्षणका लागि पनि नयाँ नीतिहरु अघि सार्न लागिएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य