Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्यटनमन्त्रीको दाबीः इतिहासमै कुनै मन्त्रीले नगरेको काम गरेको छु

२०८१, १५ आश्विन मंगलवार ०८:०२

असोज १५,  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो कार्यकालमा नीतिगत रुपान्तरणमा ऐतिहासिक काम गरेको दाबी गरेका छन्। मंगलबार मन्त्रालयमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) द्वारा बुझाइएको ध्यानाकर्षण पत्रपछि बोल्दै मन्त्री पाण्डेले आफूले पर्यटन क्षेत्रमा अन्य कुनै मन्त्रीले नगरेका महत्वपूर्ण नीतिगत परिवर्तनहरु गरेको दाबी गरे।

उनले आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट धेरै नयाँ ऐनहरु संसदमा प्रस्तुत हुने जानकारी दिए। "पर्यटन ऐन, लुम्बिनी विकास कोष ऐन, पशुपति क्षेत्र विकास कोष ऐन लगायतका नीतिगत परिवर्तनहरु गर्दैछौं," उनले भने। साथै, संस्कृति नीति, पर्यटन नीति, समसामयिक नीति लगायतका नीति निर्माण प्रक्रियामा रहेको उनले उल्लेख गरे।


हवाई क्षेत्रलाई व्यवस्थित गर्न हवाई नीति, नियामक निकाय र सेवा प्रदायक निकायको विधेयक अघि बढाइने जानकारी दिँदै उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान दुर्घटनामा समानता ल्याउने गरी बीमा ऐनको ड्राफ्ट तयार गरिरहेको बताए। गैरसैनिक हवाई उड्डयनसम्बन्धी विधेयकको तयारीसमेत भइरहेको मन्त्री पाण्डेले जानकारी दिए।

"मैले इतिहासमै कुनैपनि मन्त्रीले नगरेको नीतिगत प्रयास गरेको छु," पाण्डेले भने। "समसामयिक आवश्यकताका आधारमा कानूनी र नीतिगत रुपान्तरणका लागि ठूलो प्रयास भइरहेको छ।"

मन्त्री पाण्डेले नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको विकास र संरक्षणका लागि पनि नयाँ नीतिहरु अघि सार्न लागिएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै