२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनपीएल: चितवन राईनोजको लोगो सार्वजनिक

१५ आश्विन २०८१, मंगलवार १०:२९

असोज १५,  काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजको लोगो सार्वजनीक गरिएको छ । चितवन मेडिकल कलेज स्वामित्वको चितवन राईनोजले मङ्लबार टिमको लोगो सार्वजनीक गरेको हो । 

चितवन राष्ट्रिय निकुञ्जमा पाईने एक सिङ्गे गैडा र जैविक विविधतालाई लोगोमा झल्काईएको छ । लोगोले चितवनको ह्दयको प्रतिनिधित्व गर्ने र चितवनको समृद्धि र वैभव झल्काउने राजसी गैडा र जैविक विविधतालाई प्राथमिकतमा राखिएको टिमले जनाएको छ । 


चितवन राईनोजले मैदान उत्रदा आफ्नो समुदायको भावनालाई साथमा लिएर हरेक खेलमा आफ्नो उत्कृष्टताका लागि प्रयास गर्ने बताएको छ । टिमले यस रोमाञ्चक यात्रामा जोडिन, क्रिकेटको माध्यमबाट एकसाथ उत्सव मनाउन र आफ्नो आधारभुमीलाई सम्मान गर्दै एउटा महान लक्ष्यका साथ अघि बढ्न सम्पुर्णमा अपिल समेत गरेको छ । 

चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले खेलकुद र स्वास्थ्यलाई एक साथ जोड्दै नेपालको क्रिकेट विकासमा योगदान गर्न चाहेको बताउनुभयो । ‘‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छौँ । खेलकुदलाई स्वास्थ्यसँग जोड्दै क्रिकेट विकासमा योगदान गर्ने हाम्रो लक्ष्य हो,’’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की