असोज १५, काठमाडौँ । नेपालमा गैरकानुनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिसा अवधि समाप्त पश्चात गैरकानूनी तवरले बसिरहेका बंगलादेशीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको सूचनाको आधारमा कार्यालयको विशेष टोलीले राजधानीको ठमेल तथा सोह्रखुट्टे एरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।