2026-09-22 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज दुई प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

असोज १६, काठमाडौँ | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार, असोज १८ गतेसम्म भारी वर्षा हुने सम्भावना कायम रहेको छ, जसले गर्दा पहिरो र बाढीको जोखिम उच्च हुन सक्नेछ।

असोज १० गतेदेखि सुरु भएको भारी वर्षाले धेरै ठाउँमा जमिन कमजोर बनाइसकेको छ। प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार, सानो वर्षा थपिँदा पनि ठूलो पहिरो जानसक्ने अवस्था रहेको र स-साना खोलामा अचानक बाढी आउन सक्ने जोखिम कायमै छ। उनले यात्रामा निस्कनेहरूलाई पनि सावधानीपूर्वक यात्रा गर्न, सुरक्षित स्थानमा सवारी रोकेर जोखिमको आकलन गर्न आग्रह गरेका छन्।

प्राधिकरणले जिल्लास्तरीय विपद् व्यवस्थापन समिति, यातायात व्यवसायी, ट्राफिक प्रहरी र नदी किनारका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यसैबीच, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म प्रमुख नदीहरूको जलस्तरमा सामान्य घटबढ हुने जानकारी दिएको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलस्तर सतर्कता तह तलै रहनेछ। तर, कन्काई नदीको जलस्तर बुधबार र बिहीबार उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर लगायतका जिल्लाका केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ। त्यस्तै, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ लगायतका जिल्लामा पनि नदीको बहावमा वृद्धि हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

सतर्कता अपनाएर मात्रै बाढी र पहिरोको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्दै प्राधिकरणले सबैलाई सावधानीपूर्वक कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो