२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज दुई प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

१६ आश्विन २०८१, बुधबार ०७:२६

असोज १६, काठमाडौँ | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार, असोज १८ गतेसम्म भारी वर्षा हुने सम्भावना कायम रहेको छ, जसले गर्दा पहिरो र बाढीको जोखिम उच्च हुन सक्नेछ।

असोज १० गतेदेखि सुरु भएको भारी वर्षाले धेरै ठाउँमा जमिन कमजोर बनाइसकेको छ। प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार, सानो वर्षा थपिँदा पनि ठूलो पहिरो जानसक्ने अवस्था रहेको र स-साना खोलामा अचानक बाढी आउन सक्ने जोखिम कायमै छ। उनले यात्रामा निस्कनेहरूलाई पनि सावधानीपूर्वक यात्रा गर्न, सुरक्षित स्थानमा सवारी रोकेर जोखिमको आकलन गर्न आग्रह गरेका छन्।

प्राधिकरणले जिल्लास्तरीय विपद् व्यवस्थापन समिति, यातायात व्यवसायी, ट्राफिक प्रहरी र नदी किनारका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यसैबीच, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म प्रमुख नदीहरूको जलस्तरमा सामान्य घटबढ हुने जानकारी दिएको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलस्तर सतर्कता तह तलै रहनेछ। तर, कन्काई नदीको जलस्तर बुधबार र बिहीबार उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर लगायतका जिल्लाका केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ। त्यस्तै, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ लगायतका जिल्लामा पनि नदीको बहावमा वृद्धि हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

सतर्कता अपनाएर मात्रै बाढी र पहिरोको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्दै प्राधिकरणले सबैलाई सावधानीपूर्वक कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा