२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुम्बईका लागि उडेको हेलिकप्टर पुणेमा दुर्घटना, दुई पाइलट र एक इन्जिनियरको मृत्यु

१६ आश्विन २०८१, बुधबार ०७:४०

 असोज १६, काठमाडौँ | भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार बिहान एक हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलट र एक इन्जिनियरको ज्यान गएको छ। दुर्घटना बिहान ६:४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो। हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि उडेको थियो, तर उडानको केही मिनेटमै १.५ किलोमिटर टाढा पुगेर दुर्घटनाग्रस्त भएको थियो।


घटना पहाडी क्षेत्रमा बाक्लो कुहिरोका कारण भएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको र सबै पार्ट्स चकनाचुर भएको थियो। दुर्घटनाको जानकारी पाएपछि दुई एम्बुलेन्स र चार दमकल उद्धारका लागि घटनास्थलमा खटिएका थिए।

हेलिकप्टर हेरिटेज एभिएसन नामक निजी कम्पनीको थियो, तर पाइलट र इन्जिनियरको पहिचान खुल्न सकेको छैन। महाराष्ट्रमा पछिल्लो ४० दिनमा यो दोस्रो हेलिकप्टर दुर्घटना हो। दुर्घटनाको कारण अझै पत्ता लाग्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ