२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुम्बईका लागि उडेको हेलिकप्टर पुणेमा दुर्घटना, दुई पाइलट र एक इन्जिनियरको मृत्यु

१६ आश्विन २०८१, बुधबार ०७:४०

 असोज १६, काठमाडौँ | भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार बिहान एक हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलट र एक इन्जिनियरको ज्यान गएको छ। दुर्घटना बिहान ६:४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो। हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि उडेको थियो, तर उडानको केही मिनेटमै १.५ किलोमिटर टाढा पुगेर दुर्घटनाग्रस्त भएको थियो।


घटना पहाडी क्षेत्रमा बाक्लो कुहिरोका कारण भएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको र सबै पार्ट्स चकनाचुर भएको थियो। दुर्घटनाको जानकारी पाएपछि दुई एम्बुलेन्स र चार दमकल उद्धारका लागि घटनास्थलमा खटिएका थिए।

हेलिकप्टर हेरिटेज एभिएसन नामक निजी कम्पनीको थियो, तर पाइलट र इन्जिनियरको पहिचान खुल्न सकेको छैन। महाराष्ट्रमा पछिल्लो ४० दिनमा यो दोस्रो हेलिकप्टर दुर्घटना हो। दुर्घटनाको कारण अझै पत्ता लाग्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य