२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरी मुद्दामा जाहेरी दिन आएकी महिलामाथि बलात्कार प्रयास: प्रहरी हवल्दार पक्राउ

१६ आश्विन २०८१, बुधबार ०९:०८

असोज १६, काठमाडौँ । प्रहरी वृत्त लैनचोरमा कार्यरत प्रहरी सहायक हवल्दार अनिलकुमार दाहाललाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ। दाहालले स्वयम्भूमा बस्दै आएकी एक महिलालाई चोरी मुद्दा दिन आएको बेला बलात्कार प्रयास गरेको आरोप लागेको हो।

पीडित महिलाले भदौ २० गते आफ्नो कोठामा चोरी भएको उजुरी दिनका लागि प्रहरी वृत्त स्वयम्भू पुगेकी थिइन्। स्वयम्भू प्रहरीले उनलाई लैनचोर प्रहरी वृत्तमा पनि उजुरी दिन सल्लाह दिएको थियो, जसपछि उनी त्यहाँ पनि गइन्। महिलाले आफ्नो चोरी मुद्दा दर्ता गराएपछि चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर प्रहरीलाई छोडेर फर्किएकी थिइन्।

भदौ २९ गते राति ९ बजे दाहालले ‘चोर पक्राउ परेको छ, तुरुन्त आउनु’ भन्दै महिलालाई फोन गरेका थिए। महिलाले आफ्ना आठ वर्षका बच्चालाई स्याहार्नुपर्ने भएकाले भोलिपल्ट आउने बताउँदा, दाहालले चोरलाई छोडिदिन्छु भन्दै तत्काल आउन बाध्य बनाएको महिलाको आरोप छ। महिलाले पैसा नभएको बताउँदा दाहालले पठाओ गरेर बोलाएको पनि बयानमा उल्लेख छ।

महिलाले ठमेलमा पुगेपछि चोर कहाँ छ भनेर सोध्दा दाहालले एकछिनमा ल्याउने भन्दै उनलाई एक होटलको कोठामा पुर्‍याएका थिए। त्यहाँ उनले जबर्जस्ती गर्न खोजेपछि महिलाले भाग्न सफल भएको दाबी गरेकी छिन्।

घटनापछि हवल्दार दाहाललाई तत्काल निलम्बन गरिएको छ र अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की