2026-07-26 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिरासत मुक्त भएपछि दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको आपत्ति

असोज १६, काठमाडौँ । १ लाख धरौटीमा हिरासत मुक्त भएपछि व्यवसायी दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिले रास्वपा नेतृ ज्वाला संग्रौलाले कडा आपत्ति जनाएकी छिन्। प्रसाईंले आफ्ना समर्थकहरूसँग कुरा गर्दै केपी ओली र प्रचण्डले ‘केटी अघि सारेर’ आफूलाई जेल हाल्ने प्रयास गरेको दाबी गरेका थिए।

प्रसाईंले भनेका थिए, “एकजना केटीले गाली गर्‍यो भनेर मलाई लगियो, मैले त कसैको नाम लिएको पनि थिइनँ। महाभारतमा कृष्णलाई मार्न पुतनालाई अघि सारिएजस्तै मलाई सिध्याउन केटीलाई प्रयोग गरिएको छ।”

संग्रौलाले प्रसाईंको यो भनाइप्रति कडा प्रतिक्रिया जनाउँदै फेसबुकमा स्टाटस लेख्दै, हिरासतबाट निस्किएका व्यक्तिले यसरी छाती नफुलाउन चेतावनी दिएकी छिन्। उनले प्रसाईंको अभिव्यक्तिले महिलाको चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनको स्टाटस यस्तो छः

‘दुर्गा प्रसाईँ ज्यु, तपाईँ महिलाको चरित्रहत्या गरेर १० दिन हिरासत बस्नु परेको हो । निस्कदा आत्मसमीक्षा गरेर सुध्रेर आउनु हुन्छ, बोलीमा लगाम लगाउनु हुन्छ र नागरिकहरुलाई भ्रमित पार्न छोड्नु हुन्छ भनेर मानिसहरुले अपेक्षा गरेविपरीत तपाईँ त नालापानीको युछ जितेजसरी छाती फुलाएर फेरि धारे हात लाउँदै किचकन्या प्रयोग गरेर मलाई फसाए भन्दै उल्टै कुर्लदै हुँनुहुँदो रहेछ । पीडित महिलाले निवेदन दिएर हिरासत गएको मान्छे, फेरि बाहिर निस्केर रुखमुनि सोझासाझा जनता भेला पारेर थपडी बजाउन लगाएर कसलाई किचकन्या भन्दै हुनुहुन्छ ? स्मरण रहोस, तपाईँको मुद्दा सकिएको छैन । तपाईं १ लाख धरौटीमा छुट्नु भएको छ । सेतो बाघ आयो है भन्दै आफूलाई फेसबुके बाघ नबनाउनु होला ! त्यो किचकन्या शब्द किन र कसलाई प्रयोग गरेको हो, यस्को जवाफ चाँडोभन्दा चाँडो दिनुहोला । तपाईंले जे बोले पनि कानूनले छाडा छोड्नुपर्ने हो ?’

संग्रौलाको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ