२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिरासत मुक्त भएपछि दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको आपत्ति

१६ आश्विन २०८१, बुधबार ०९:४०

असोज १६, काठमाडौँ । १ लाख धरौटीमा हिरासत मुक्त भएपछि व्यवसायी दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिले रास्वपा नेतृ ज्वाला संग्रौलाले कडा आपत्ति जनाएकी छिन्। प्रसाईंले आफ्ना समर्थकहरूसँग कुरा गर्दै केपी ओली र प्रचण्डले ‘केटी अघि सारेर’ आफूलाई जेल हाल्ने प्रयास गरेको दाबी गरेका थिए।

प्रसाईंले भनेका थिए, "एकजना केटीले गाली गर्‍यो भनेर मलाई लगियो, मैले त कसैको नाम लिएको पनि थिइनँ। महाभारतमा कृष्णलाई मार्न पुतनालाई अघि सारिएजस्तै मलाई सिध्याउन केटीलाई प्रयोग गरिएको छ।"

संग्रौलाले प्रसाईंको यो भनाइप्रति कडा प्रतिक्रिया जनाउँदै फेसबुकमा स्टाटस लेख्दै, हिरासतबाट निस्किएका व्यक्तिले यसरी छाती नफुलाउन चेतावनी दिएकी छिन्। उनले प्रसाईंको अभिव्यक्तिले महिलाको चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएकी छन्।


उनको स्टाटस यस्तो छः

‘दुर्गा प्रसाईँ ज्यु, तपाईँ महिलाको चरित्रहत्या गरेर १० दिन हिरासत बस्नु परेको हो । निस्कदा आत्मसमीक्षा गरेर सुध्रेर आउनु हुन्छ, बोलीमा लगाम लगाउनु हुन्छ र नागरिकहरुलाई भ्रमित पार्न छोड्नु हुन्छ भनेर मानिसहरुले अपेक्षा गरेविपरीत तपाईँ त नालापानीको युछ जितेजसरी छाती फुलाएर फेरि धारे हात लाउँदै किचकन्या प्रयोग गरेर मलाई फसाए भन्दै उल्टै कुर्लदै हुँनुहुँदो रहेछ । पीडित महिलाले निवेदन दिएर हिरासत गएको मान्छे, फेरि बाहिर निस्केर रुखमुनि सोझासाझा जनता भेला पारेर थपडी बजाउन लगाएर कसलाई किचकन्या भन्दै हुनुहुन्छ ? स्मरण रहोस, तपाईँको मुद्दा सकिएको छैन । तपाईं १ लाख धरौटीमा छुट्नु भएको छ । सेतो बाघ आयो है भन्दै आफूलाई फेसबुके बाघ नबनाउनु होला ! त्यो किचकन्या शब्द किन र कसलाई प्रयोग गरेको हो, यस्को जवाफ चाँडोभन्दा चाँडो दिनुहोला । तपाईंले जे बोले पनि कानूनले छाडा छोड्नुपर्ने हो ?’

संग्रौलाको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान