२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सुगर ड्याडी’ आशिष देउलालाई थुनामा पठाउन आदेश

२०८१, १६ आश्विन बुधबार १२:१९

असोज १६, काठमाडौँ । युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष् देउला उर्फ ‘सुगर ड्याडी’लाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेका हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो । ३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । बा.७ च ६४६१ नम्बरको पजेरोमा राखेर उनको समूहले भदौ ७ मा विशाल पोडेलाई  टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएका हुन् । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर उनीसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई पनि अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

देउला बुढानीलकण्ठमा बस्छन् । उनले घरमा लगेर निमा नाम गरेका अर्का किशोरलाई यातना दिएको अनुसन्धानबाट थाहा भएको छ । क्लबमा भेट्ने युवायुवतीलाई ‘हाउस पार्टी’ गर्ने भनेर आशिषको समूहले बुढानीलकण्ठ र लगनमा लगेर यातना दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । देउलाको समूहमा २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ पक्राउ परेका थिए ।

धनी बाबुका छोरा आशिष् रात्रि क्लबको नियमित ग्राहक हुन् । सिनेट, ओम्निया र एलओडीमा उनी निरन्तर जान्छन् । पीडित विशाल देउला भन्छन्, ‘मैले उहाँलाई सिनेटमा भेटेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी