२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हनी–ट्रयापमार्फत ५० वर्षीय विनोदको अपहरणपछि हत्या, मुख्य योजनाकार २१ वर्षीय युवतीसहित ५ जना पक्राउ

१७ आश्विन २०८१, बिहीबार ०६:५२

 असोज १७, काठमाडौँ | काठमाडौँका एक ५० वर्षीय व्यापारी, विनोद खड्गीको अपहरणपछि फिरौती असुली गरेर हत्या गरिएको घटना काभ्रेको पाँचखालमा सार्वजनिक भएको छ। असोज ६ गते बिहान साढे ८ बजे पाँचखाल नगरपालिका-८ को ४९ किलो भन्ने स्थानमा खड्गीको शव फेला परेको थियो। जिल्ला प्रहरी काभ्रेले घटनाको अनुसन्धान गर्दै अपहरण र हत्या गरी फिरौती लिएको पुष्टि गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ घर भई भक्तपुरको मध्यपुर ठिमीमा डेरा बस्ने २१ वर्षीया मनिषा महत, काठमाडौँको शंकरापुर नगरपालिका ५ का २२ वर्षीय सरिन घिमिरे र २१ वर्षीय निकेश पौडेल, महोत्तरीको गौशाला नगरपालिका ६ घर भई भक्तपुरको कौशलटार बस्ने आशिष पासवान र बागलुङको गलकोट नगरपालिका ७ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतिश गौतम रहेका छन्। 


ती व्यवासायीलाई हनी–ट्रयापमा पारेर युवतीको कोठामा बोलाएको र अपहरण गरी ५ लाख रूपैयाँ फिरौती पनि लिएको खुलेको छ। मनिषालाई भेट्न गएका खड्गीलाई यी ५ जनाले मनिषाको कोठाबाटै अपहरण गरेको र कुटपिट गरी फिरौती रकम लिएको काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए। 

फिरौती रकम लिइसकेपछि उनीहरूले खड्गीको हत्या गरेर शव झाडीमा फालिदिएका थिए। 

यसरी भयो अपहरणपछि हत्या

असोज ६ गते बिहान साढे ८ बजे, पाँचखाल नगरपालिका ८ को ४९ किलो भन्ने ठाउँमा एक पुरुषको शव फेला पर्‍यो। शवको तत्काल सनाखत हुन नसके पनि, प्रहरीले सामाजिक सञ्जालमार्फत हुलिया सार्वजनिक गरी शवको पहिचान गरायो। मृतक विनोद खड्गी रहेको कुरा उनका छोरा विशाल खड्गीले सनाखत गरे र अपराधको अनुसन्धान गर्दै दोषीलाई कारबाहीको माग राख्दै जाहेरी दिए।

प्रहरीले अनुसन्धान गर्दा घटनाको कारण पत्ता लाग्यो। करिब तीन महिना अघि मनिषा, अन्सु, र शिवम् नामका व्यक्तिहरूले भारतको ग्रेटर नोइडामा तुषार नामका व्यक्तिलाई कुटपिट गरी फिरौतीको रूपमा १ लाख ५० हजार भारतीय रुपैयाँ लिएर नेपाल फर्केका थिए।

नेपाल फर्केपछि उनीहरूले मनिषा मार्फत फेरि धनी व्यक्तिलाई यौन जालमा पारेर रकम लुट्ने योजना बनाए। असोज ४ गते साँझ ५ बजे भक्तपुरको राधेराधेमा रहेको मनिषा महतको डेरामा अन्सु, शिवम्, सरिन, र रिकेश भेला भए। उनीहरूले भोलिपल्ट एक व्यवसायीलाई फसाउने योजना बनाए, जसमा रक्सी खुवाएर, खाना खुवाएपछि कुटपिट गरी हातखुट्टा बाँधेर डर देखाउँदै फिरौती रकम माग्ने योजना थियो।

असोज ५ गते, अन्सु खानले प्रतिक गौतमलाई भेटी योजना बनायो र चारजना हिमालय गेटमा भेट्ने योजना बनाए। त्यतिखेर मनिषाले विनोद खड्गीलाई फोन गरी आफ्नो नागरिकताको प्रतिलिपी बनाउन सहयोगको लागि बोलाइन्। विनोद डेढ घण्टापछि गाडीमा मनिषाको डेरामा पुगे। त्यहाँ खाना खाइसकेपछि, मनिषाले अन्सुलाई फोन गरी योजना अघि बढाइन्।

अन्सु, शिवम्, सरिन, रिकेश, प्रतिक र आशिष मनिषाको डेरामा पुगे र पूर्व योजनाअनुसार विनोदलाई कुटपिट गरे। त्यसपछि, ३० लाख रुपैयाँ फिरौती माग्ने योजना बनाए, तर विनोदले आफूले ५ लाखसम्म मात्र दिन सक्ने बताए। विनोदले प्रदीप थापा मगरलाई फोन गरी ५ लाख रुपैयाँ तुरुन्तै ल्याउन भने। साँझ प्रदीप पैसा लिएर भाटभटेनी अगाडि आए र आशिषलाई ५ लाख रुपैयाँ दिए। आशिषले पैसा मनिषाको कोठामा ल्याएपछि, उनीहरूले विनोदलाई मार्ने योजना बनाए।

राति १० बजे, उनीहरूले गाडीमा विनोदलाई राखेर गुन्डु जाने बाटोमा लगे। गाडी रोकि विनोदको छातीमा ढुंगा प्रहार गरी हत्या गरे र शवलाई पाँचखालको ४९ किलो नजिकको झाडीमा फालिदिए। त्यसपछि उनीहरू विनोदकै गाडी चढेर फरार भए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान